युवा स्थापना दिवसमा फलफुल वितरण

उदयपुर । जिल्ला युवा समिति उदयपुरले शनिबार जिल्ला अस्पतालमा रहेका विरामीलाई फलफुल वितरण गरेको छ । दोस्रो स्थापना दिवसको अवसरमा समितिले अस्पतालमा रहेका करिव ४० जना विरामीको स्वास्थ्य अवश्थाको जानकारी लिँदै फलफुल वितरण गरेको हो । दुई बर्षअघि प्रधानमन्त्री एवंम एमाले अध्यक्ष केपीशर्मा ओली नेतृत्वको सरकारले युवाहरुको क्षेत्रमा काम गर्नका लागि केन्द्रमा राष्ट्रिय युवा परिषद र जिल्ला तहमा जिल्ला युवा समितिको स्थापना गरेको थियो ।

स्थापना भएको दोस्रो बर्षसम्म आईपुग्दा समितिले युवाहरुको बृद्धि विकास, रोजगार, व्यवसायिक शिपमुलक तालिम जस्ता कार्य गरेको जिल्ला अध्यक्ष खगेन्द्र पोखरेलले बताए । विकास निर्माणमा युवालाई सहभागिता, रोजगार, कृषिमा युवा, वैदेशिक रोजगारमा कमि ल्याई स्वदेशमै सृजनात्मक काम गर्ने वातावरण बनाउने उदेश्यकासाथ युवा परिषद्ले आफ्ना गतिबिधि अगाडी बढाएको उनले बताए । कार्यक्रममा प्रदेश सांसद विमल कार्की, अम्बिका थापा, जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियार, निमित्त प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।

फलफुल वितरण पछि आयोजित कोणसभामा बोल्नेवक्ताहरुले विदेशमा रहेका युवालाई स्वदेशमै फर्काउने वातावरण तयार गर्नु पर्नेमा जोड दिए । उनीहरुले स्वदेशमै रोजगारको सृजना गर्न सके मुलुकलाई समृद्ध बनाउन सकिने बताए । युवा पलायनले कृषि क्षेत्र धरासय बन्दै गएको भन्दै उनीहरुले कृषि क्षेत्रको आधुनिकिकरण उद्योगकलकारखाना स्थापना गरी युवालाई उद्यमशिल र रोजगार दिनु पर्ने धारणा व्यक्त गरे । कार्यक्रममा पत्रकार, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *