त्रियुगा महोत्सव–२०७४, एक राते बजारको रुपमा बदलिदै

उदयपुर । स्थानीय प्रशासनले नविकरनै नभएको संस्थालाई अनुमति दिन्छ, अनि प्रशासनले ८ ः ३० बजेसम्म मात्र समय तोकेको महोत्सवमा जिल्ला सुरक्षा प्रमुखहरु नै ९ ः ०० बज्दासम्म रमिते भएर फर्कन्छ भने फेसनको रुपमा महोत्सव किन नमौलाओस् । बुधबार ठ्याक्कै ८ ः ३० बजे पत्रकारको एक टोली अनुगमनका लागि महोत्सवस्थल प्रदेश गर्दा फिल्डमै जिल्ला सुरक्षा प्रमुखहरु जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्ट र सशस्त्र प्रहरी त्रियुगा गुल्मका डिएसपी पुरनचन्द भट्ट भेटिए ।

समयले नेटो काटेकोले बन्द गर्ने निर्देशन दिनुको सट्टा ९ ः ०० बजेसम्म सुरक्षा प्रमुखहरु आफै रमिते भएर फर्किए । महोत्सव आयोजकले अझ हौसिएर नाचगान चलाईरह्यो । सुरक्षा प्रमुखहरुकै आड पाएपछि प्रशासनले तोकेको समयलाई वेवास्ता गर्दै आयोजकले महोत्सव चलाएको हो । अघिल्लो दिनपनि तोकेको समयभन्दा अबेरसम्म चलाएको महोत्सव उक्तदिन १० बजे भन्दा बढिसमय चल्यो ।

नाचगानसंगै प्रशासनद्वारा निषेधित भाग्य जाँच भनेर खेलाईने जुवाजन्य खेल, भुतघर, जादु, सर्कस जस्ता कुराहरु प्रहरीकै सुरक्षामा राती अबेरसम्म सन्चालन भयो । प्रहरी प्रमुख एसपी भट्टले तोकिएको समयभन्दा बढि चल्दा किन बन्द नगराउनु भएको भन्ने प्रश्नमा शान्ति सुरक्षाको चुनौती नदेखिएकाले भन्ने जवाफ दिए । प्रशासनले महोत्सवको सञ्चालन समय राती ८ ः ३० बजेसम्म मात्र भनेर प्रहरीलाई गरेको परिपत्रको प्रवाह नगरेको देखिन्छ ।

स्थानीय व्यापारी, विद्यार्थी, नागरिक समाज, जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुकै विरोधको बाबजुद सञ्चालन भईरहेको महोत्सवले प्रशासनले निर्देशित गरेको कुरालाई पालना गरेर मर्या्दित पार्नुपर्नेमा अझ सुरक्षा निकायको आडबाट जबरजस्ती चलाइरहेको छ । परिक्षाको मुखैमा आयोजना भएको महोत्सवमा विद्यार्थीहरु अलमलिने त छदैछ, ८ ः ३० बजेपछि पढौला भनेर बसेकाहरुलाई महोत्सवबाट उत्पन्न अत्याधिक ध्वनी प्रदुर्षनले त्यतिकै असर गरेको छ ।

उदयपुरमा फेसनकै रुपमा हुदै आएका मेला, महोत्सवको नाममा जसले जे गरेपनि हुन्छ भन्ने गलत सन्देश प्रवाह भईरहेको अवस्थामा स्थानीय प्रहरी, प्रशासनले कडाई नगरै कारण संस्कृतिको सट्टा विकृति बढ्दै गएको छ । यसप्रति सचेत नागरिक र सबै पक्षले गम्भिर हुन आवश्यक छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *