थोत्त्रो एजेण्डाका कारण कांग्रेसको नराम्रो पराजयः नेता गजुरेल

उदयपुर । नेकपा माओवादी क्रान्तिकारी पार्टीका स्थायि कमिटि सदस्य सी.पि. गजुरेलले थोत्त्रो एजेण्डा बोकेर हिडेकै कारण नेपाली कांग्रेसको नराम्रो पराजय भएको बताएका छन् । पार्टी निकट क्रान्तिकारी पत्रकार महासंघ उदयपुरले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता गजुरेलले सो कुरा बताएको हो ।

गत प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा कम्युनिष्टहरुले चुनाव जिते रुनसमेत पाईदैन भन्दै १५ सालको पुरानो र थोत्त्रो एजेण्डा बोकेकै कारण कांग्रेसले नराम्रो हार बेहोर्नु परेको उनले बताए । ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले मेहनत त गरे’ नेता गजुरेलले भने ‘तर, पुरानो र थोत्त्रो एजेण्डा भएकाले बिकाउन सकेन्न्’ ।

अहिले बाम गठबन्धन भन्ने एजेण्डा बिक्रि भएर गठबन्धनले बहुमत ल्याएको उनले बताए । उनले बहुमत ल्याएर गठन हुन लागेको नयाँ गठबन्धन सरकारबाट पनि जनताले आशा गरेअनुसार काम लिन नसकिनेसमेत ठोकुवा गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *