ठुलो परिणाममा लागुऔषध सहित उदयपुरमा तीन पक्राउ

उदयपुर । पछिलो समय लागुऔषध नियन्त्रणमा सफलता प्राप्त गर्दै आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले ठुलो परिणाममा लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । सोमबार प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एसपी नवराज भट्टले वरामद लागुऔषध र पक्राउ परेकाहरुलाई सार्वजानिक गरेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका १३ का २८ बर्षीय आशिष कार्की, सोहि नगरपालिका ६ का २४ बर्षीय सुरेन्द्र दास र १० बोक्सेका १८ बर्षीय सागर भुजेल रहेको छ । उनिहरुको साथबाट प्रहरीले लुपिजेसिक ३५ एम्पुल, फेनारगन ३४ एम्पुल र डाईजेल्याव ३७ एम्पुल बरामद गरिएको प्रहरी प्रमुख भट्टले जानकारी दिए । प्रमुख भट्टकाका अनुसार कार्कीको साथबाट २८ एम्पुल, दासको साथबाट ३ एम्पुल र भुजेलको साथबाट ८४ एम्पुल लागुऔषध पक्राउ गरेका थिए । उनिहरुलाई नियमित चेकजाँचकोक्रममा त्रियुगा नगरपालिका ६ जलजलेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *