वारमा दाहाल र कार्की भिडँदै, अन्य पद सर्वसहमत चयन

उदयपुर । नेपाल वार एशोसियसन इकाई उदयपुरको अध्यक्ष पदका लागि शनिबार वामगठबन्धन र लोकतान्त्रिक शक्ति विच निर्वाचन हुने भएको छ । उपाध्यक्षसहित सबै पद सर्वसहमत भएपनि अध्यक्ष पदका आकांक्षी पुर्वअध्यक्ष बैकुण्ठ दाहाल र शिवकुमार कार्की विच सहमति नभएपछि निर्वाचन तालिका शनिबार बिहान ७ बजेका लागि राखिएको हो । दाहाल वामगठबन्धन नेकपा माओबादी केन्द्र र कार्की नेपाली काँग्रेस निकट कानुन व्यवसायी हुन् । यसवाहेक अन्य सबै पदमा मिश्रीत परिणाम आएको छ ।

निर्वाचन मण्डलका सदस्य कञ्चन श्रेष्ठकाअनुसार दुई प्रत्यासी विच सहमतिका लागि प्रयास भएपनि दुबैले अडान नछोडेपछि प्रकृया अगाडी बढाइएको हो । यधपि सहमतिको प्रयास जारी राखिने उनले बताए । उनकाअनुसार शनिबार बिहान ७ बजेदेखि ३ बजेसम्म मतदान प्रकृया राखिएको छ । वारको शुक्रबार सम्पन्न १४ औँ अधिवेशन तथा २३ औँ बार्षिक साधारणसभाले नीति तथा कार्यक्रम पास गर्दै उपाध्यक्ष दिलबहादुर बस्नेतसहित ८ जनालाई सर्वसहमत चयन गरेको हो । समितिको सचिबमा कमलबहादुर कार्की, कोषाध्यक्षमा पुष्पराज चौधरी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा दुर्गाकृष्ण पोखरेल, किरण केसी, कृष्णकुमार रेग्मी, दिपककुमार राई, कृष्णबहादुर खत्री चयन भएका छन् । पार्षदहरुमा कृष्णबहादुर बस्नेत, टेकबहादुर राउत, श्यामानन्द चौधरी, मुरारी खड्का, बिना पाण्डे र वह्रमदेव चौधरी रहेकाछन् ।
अधिवेशनको उद्घाटन गर्दै जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाले जनताको न्यायमा पहुँच पुर्याउन अदालतले न्याय सेवा प्रणालीको रफ्तारलाई अगाडी बढाइने बताए ।

उनले जिल्ला अदालतको कामकारवाहीमा केहि ढिलाई भएको स्वीकार्दै जनतालाई छिटो, छरितो र सहजरुपले न्याय दिलाउन आफु प्रतिवद्ध रहेको बताए । न्यायलयलाई जनताका विचमा भरपर्दो र विश्वसनिय बनाउन आफु लागि पर्ने भन्दै उनले दु्रत न्यायसँगै विश्वसनियता कायम राख्ने बताए । कार्यक्रममा प्रहरी प्रमुख एसपी नवराज भट्ट, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, वरिष्ठ अधिवक्ताद्धय मोहनबहादुर कार्की, सुकराम श्रेष्ठ, पुर्वअध्यक्षहरु कृष्ण बस्नेत, वह्रमदेव चौधरी, मुरारी खड्का, श्यामानन्द चौधरी लगायतले बोलेका थिए ।

साधारणसभाले मौजुदा रहेको कार्यसमितिले गरेका कामकारवाही, प्रगतिका बारेमा समिक्षा गर्दै भावि योजनासमेत पारित गर्ने सचिब निरबहादुर राईले जानकारी दिए । सभामा जिल्ला सचिब राईले कार्यप्रगतिविवरण प्रस्तुत गरेका थिए । कार्यक्रम अध्यक्ष गणेशप्रसाद दाहालको अध्यक्षता, सचिब राईको सञ्चालन र पुर्वउपाध्यक्ष बिना पाण्डेको स्वागतमन्तव्यमा सम्पन्न भएको थियो ।
final-ghugi-pg

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *