पराजय पछि रामबहादुरको जनतालाई खुल्ला–पत्र

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु,
नेपाली जनताको झण्डै छ दशक लामो राजनैतिक संघर्षबाट प्राप्त संविधानसभाबाट निर्मित नेपालको संविधान २०७२ ले जनतालई दिएको अधिकारलाई कार्यन्वयनको लगि २०७४ मंसिर २१ गते भएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा म रामबहादुर थापामगर उदयपुर क्षेत्र नं १ अन्तर्गत प्रदेश सभा (२) बाट प्रदेश सभा सदस्यको लागि प्रत्यक्ष तर्फ ने.क.पा.(माओवादी केन्द्र) को तर्फबाट बाम गठबन्धनको साझा उम्मेदवार भएको कुरा यहाँहरुलाई थाहै छ ।

निर्वाचनको क्रममा अमुल्य मत माग्नको लागि भरिसक तपाईहरुकै घरदैलोमा पुग्न प्रयास गरेको र धेरै ठाऊँमा पुगेको पनि थिएँ । यस क्रममा मलाई तपाईहरुले दिनु भएको असिम मायाँ, भव्य स्वागत र अपार स्नेहको लागि म तपाईहरु प्रति आजीवन ऋणी छु । निर्वाचनको प्रतिस्पर्धाबाट जे–जस्तो परिणाम आएपनि लोकतन्त्र र विधिको शासनलाई अंगाल्दै तपाईहरुले दिनुभएको यो सद्भाव र अमूल्य मतलाई सदैव कदर र सारहाना पनि गर्दछु । म यही जन्मेर यही माटोको फराकिलो छातिमा हुर्केको र आज पनि तपाईहरुकै घर आँगनमा सुख दुःखमा साथ दिनको लागि राजनैतिक सेवामा समर्पित छु ।

देशले स्थिर सरकार र दिगो विकास खोजेको यो क्षणमा जनताको हितमा नीति निर्माण कार्यन्वयनको स्थानमा मलाई अनुपस्थित देख्दा यहाँहरुको मन दुःखित हुनु स्वभाविक हो । तर, निर्वाचनको परिणामलाई स्वीकार गर्नु मेरो संबैधानिक र कानूनी कर्तव्य हो । तपाईहरुको इच्छा, चाहाना र भावनालाई सम्मान र सार्थक बनाउन त्यस ठाँउमा मेरा थुप्रै सहयात्रीहरु पुगेको हुनाले त्यो रिक्तता र शुन्यताको महशुस हुन दिने छैन । यसको लागि मेरो ठाँउबाट मैले सक्ने जुनसुकै सहयोग गर्नको लागि सदैव तपाईहरुको साथ रहने प्रतिवद्धता व्यक्त गर्दै मैले गर्दा तपाईहरुलाई पर्न गएको गहिरो चोट प्रति क्षमा याचना गर्दछुु ।

आमाले अपार पिडा पछि प्राप्त गर्ने सन्तानको सुख जस्तै यो पिडा पछि म तपाईहरुलाई समृद्धि र सम्पन्नताको खुशी दिन चाहान्छु । जसको साथ र सहयोग फेरी पनि तपाई र हाम्रो पार्टीबाट पाउँछु भन्ने आशा र विश्बास छ । आगामी सरकार हाम्रै गठबन्धबाट निर्माण हुने र समृद्ध नेपाल र सम्पन्न नेपाली बनाउने पार्टीको चाहाना भएकाले त्यसको कार्यभार पूरा गर्न मेरो ठाउँबाट म अहोरात्र तपाईहरुको सेवामा खटिने छु ।

तपाईहरुको सुख र समृद्धिको लागि मैले गर्ने सेवाको अन्त होइन शुरुवात भएको छ । यो शुरुवातलाई सार्थक निष्कर्षमा पुर्याउनको लागि म सदैव तपाईहरु समक्ष हाजिर हुने छु । सच्चा राजनैतिक कर्मीले जनतालाई दिने सेवाको दृढ बिचार हरेक पल मनमा लिएर हिडेको हुन्छ । त्यो बिचार ममा पनि छ । र, भालिका दिनमा पनि रहिरहने छ भन्ने दृढ विश्वास दिलाउन चाहान्छु ।

मलाई उम्मेदवार बनाई जनताको घर दैलोमा पुर्याउने मेरो पार्टी नेकपा (माओवादी केन्द्र), निर्वाचनको क्रममा साझा उम्मेदवार बनाउने गठबन्धनको सहयात्री नेकपा (एमाले) दुवै पार्टी र नेतालाई धन्यवाद दिन चाहान्छु । जनतामाझ मलाई पुर्याउने दुवै पार्टीका प्रिय कार्यकर्ता कमरेडहरु जस्को सहयोग बिना यो निर्र्वाचनको महासंग्राम अधुरो हुने थियो । वहाँहरुलाई सलाम गर्दछु । मलाई प्रत्यक्ष र अप्रत्यक्ष साथ सहयोग गर्नुहुने मेरा आफन्त र शुभचिन्तकहरु प्रति हार्दिक सम्मान र आभार व्यक्त गर्दछु । साथै मलाई आफ्नो अमूल्य मत दिने आदरणीय मतदाताहरुलाई हृदयदेखि नै हार्दिक धन्यवाद दिन चाहान्छु ।

 रामबहादुर थापामगर
                                                                                                                                               उम्मेदवार
                                                                                                                                           बाम गठबन्धन
                                                                                                                          निर्वाचन क्षेत्र नं १ (२) प्रदेश सभा, उदयपुर

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *