उदयुरमा ६०.५६ प्रतिशत मत खस्यो

उदयपुर । दोस्रो चरणको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा उदयपुरबाट ६१ प्रतिशत मत खसेको छ । १ लाख ९३ हजार ९१३ मतदाता रहेको जिल्लामा गत स्थानीय तहको तलनामा १२ प्रतिशत मत कम खसेको छ । मतदाताहरुमा स्थानीय तहको तलना यो निर्बाचनमा उत्साह देखिएन । बिहिबार सम्पन्न निर्वाचनमा मतदान कार्य शान्तिपूर्ण र भयरहितढंगले सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले बताएका छन् ।

२ प्रतिनिसभा र ४ प्रदेशसभाका लागि उदयपुरमा भएको निर्वाचनमा ९८ स्थानमा २ सय ३३ मतकेन्द्रबाट मतदान भएको थियो । मतदानमा पुरुषभन्दा महिलाको संख्या बढि देखिएको छ । जसमा ५५ हजार १ सय ८६ पुरुष छ भने ६२ हजार २ सय ५३ जना महिला र एकजना तेस्रो लिंगी गरी एकलाख १७ हजार ४ सय ४० जनाले मतदान गरेको सुरक्षास्रोतले जनाएको छ ।

जसमा पुरुष, महिला र अशक्तहरुका लागि छुट्टाछुट्टै व्यवस्था मिलाईएको थियो । सबै मतकेन्द्रमा समयमै मतदान कार्य सुरु भएको थियो । मतदानमा बृद्धबृद्धा, अपांगदेखि क्रियापुत्रीले समेत भाग लिएका थिए । पाँचदिनदेखिको क्रियापुत्री बसेका त्रियुगा नगरपालिका ११ गाईघाटका ५७ बर्षिय जगदीश साहले त्रियुगा उमावि गाईघाट केन्द्रबाट मतदान गरे । त्यस्तै त्रिनपा ८ स्थित कालिखोला माविकेन्द्रबाट क्रियापुत्री बसेका गणेशबहादुर मगर, गंगा मगर, जालबहादुर मगर, होमबहादुर मगर, प्रकाश मगरले पनि मतदान गरेका थिए ।

प्रतिनिधिसभा क्षेत्र नं. १ का बाम गठबन्धनतर्फका उम्मदेवार नेकपा एमालेकी मञ्जुकुमारी चौधरीले त्रियुगा नगरपालिका १२ पुरानोगाईघाट स्थित जनता मावि केन्द्रबाट विहान ७ बजे सुरुमै मतदान गरे भने नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार डा. नारायण कार्कीले बेलका नगरपालिका ७ स्थित डुडखोला निमाविबाट विहान ८ ः३० बजे मतदान गरे । त्यस्तै क्षेत्र नं. २ मा बाम गठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका सुरेशकुमार राई (हिमाल) ले बेलका नगरपालिका ४ स्थित गुरुङचौरी उमाविबाट विहान ७ ः३० बजे मतदान गरे भने नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार नारायणबहादुर कार्की एम्बुसमा घाइते भई उपचारार्थ काठमाडौं रहेकाले मतदानमा सहभागि हुन सकेन् ।

मतदान कार्य सम्पन्न पश्चात खसेको मतपत्रको सुरक्षासहित मतपेटीकामा गणनास्थल आईपुगेको । सदरमुकामभित्र र आसपासका ठाउँबाट बिहिवारै लाईसकिएको छ भने टाढा र दुर्गमबाट शुक्रवार विहान ४ः ३० सम्ममा आइसकेको स्रोतले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *