उदयपुर । उदयपुरको एक नगरपालिकामा भाईको खुकुरी प्रहारबाट सहोदर दाजुको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बेलका नगरपालिका– ५ घुम्नेका ४५ बर्षीय विशे सदा रहेको छ । घरायसी विवादमा ३५ बर्षीय भाई कृष्ण सदाले टाउकोमा खुकुरी प्रहार गर्दा उनको सोमबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्शिलाका प्रहरी निरिक्षक सुवास राईले बताए ।
खुकुरी प्रहार गर्दा छेक्ने प्रयास गरेकी मृतककी पत्नि सोमनी सदासमेत घाईते भएकी छिन् । उनको दाहिने हातमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । प्रहरीको अनुसार खुकुरी प्रहारपछि फरार रहेका अभियुक्त कृष्णको खोजी कार्य भईरहेको छ ।
Facebook Comments