प्रदुषित बन्दै मुर्कुची बजार (फोटो सहित)

गजेन्द्र राई
उदयपुर । स्थानीयहरुले खोलाको किनारमा फोहोर फाल्दा उदयपुरको एक व्यापारी केन्द्रको रुप बिग्रिदै गएको छ । बजारमा उत्पन्न फोहोर स्थानीय छौंडिया खोलाको किनारमा फाल्दा जिल्लाको रौंतामाई गाउँपालिका– ७ स्थित मुर्कुची बजारको रुप बिग्रिदै गएको हो ।
बजार क्षेत्र हुँदै बग्ने सो खोलाको किनारमा मरेको कुखुरादेखि महिनावारी हुँदा महिलाले प्रयोगगरिसकेको प्याटसमेत भेटिने गरेको छ । बजार प्रबेशको क्रममा भेटिने खोलाको किनारमा यस्तो फालिएको प्रदुषित फोहोरको कारण बजार क्षेत्र नै दुर्गन्धित हुने खतरा रहेको स्थानीयहरु बताउँछन् । उनिहरुको अनुसार बजारमा उत्पन्न सबैजसो फोहोरहरु लामो समयदेखि बजारबासीहरुले त्यहि खालामा फाल्दै आएको छ ।
2 3 4

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *