खोटाङ– खोटाङ र ओखलढुंगाको जयरामघाटस्थित दुधकोसी पुल ढलानका काम सुरु गरिएको छ । सम्झौता म्याद नाघेको ५ वर्षपछि बुधबार (असोज १८) देखि दुधकोसी पुल ढलान सुरु गरिएको हो । ४ दिनमा पूरा हुने ढलानलाई महिना दिनसम्म क्यूरिङ गर्दै सुकाएपछि सञ्चालनमा आउने ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका साईड ईन्जिनियर सिताराम कार्कीले बताए ।
बिक्रम पाण्डेको हुलास इन्जिनियरिङ र दिवाकर गोल्छाको कालिका कन्स्ट्रक्सनले २०६८ साल असारसम्ममा पूरा गर्ने शर्तमा २०६६ साल भदौमा पुल निर्माणका लागि सम्झौता गरेको थियो । करिब १० करोडको लागतमा पूरा हुने भनिएको दुधकोसीको पक्की पुल निर्माणले हाल आशा जगाएको खोटाङ क्षेत्र नम्बर १ का सांसद पाँचकर्ण राईले बताए ।
Facebook Comments