ठूलो रकम सहित उदयपुरमा तास खेलाडी पक्राउ

गजेन्द्र राई
उदयपुर, १४ असोज । ठूलो रकम सहित तास खेलिरहेको अवस्थामा सात जना तास खेलाडीहरु उदयपुरमा पक्राउ परेको छ । उनीहरुलाई सदरम्ुकाममा रहेको एक होटलबाट शुक्रवार राती प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका– २ का ३८ बर्षिय बिष्णुकुमार श्रेष्ठ, ४० बर्षिय दुर्गाबहादुर श्रेष्ठ, ४० बर्षिय शुरेश पराजुली, त्रियुगा ११ का ४१ बर्षिय राजु तुलाधर, २६ बर्षिय अरबिन खत्री, ३८ बर्षिय हिराकाजी राई र ३६ बर्षिय प्रमोद पोखरेल रहेको छ । बिष्णुकुमार श्रेष्ठ भने गत स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडा सदस्य समेत रहेको छ ।

उनिहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी प्रमुख (एसपी) नबराज भट्टको नेतृत्वमा रहेको प्रहरी गस्तिटोलीले पक्राउ गरेको हो । पक्राउ परेका खेलाडीहरुको साथबाट एक लाख ५६ हजार चार सय ८५ रुपैया नगद र एक बुङ तास बरामत गरिएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार सातै जना पक्राउ परेका तास खेलाडीहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासदमा राखिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *