विद्युत आपूर्तिमा कमीहुँदा १ सातामै सिमेण्ट उद्योगलाई अढाई करोड मुनाफामा कमि

udayapur-cementउदयपुर । विद्युत प्राधिकरणको चरम लापरवाहीकाकारण देशकै सबैभन्दा ठुलो उद्योग उदयपुर सिमेण्ट उद्योगको मुनाफा एक सातामै अढाई करोडले कमि आएको छ । उत्पादन र विक्रीका हिसावले उद्योग नाफामा गएपनि बिद्युत प्राधिकरणले नियमित विजुली आपुर्तिनगर्दा एक सातामै २ करोड ५० लाख मुनाफामा कमि आएको हो । अघिल्लो आर्थिक बर्षमा २५ करोड मुनाफा गरेको उद्योगले यो बर्ष बिद्युत समस्याकारण सोचेअनुरुप मुनाफा गर्न सक्ने अबश्था नरहेको नायब महाप्रबन्धक तथा प्लाण्ट महाशाखा प्रमुख नवलकिशोर साहले बताए छन् ।

विद्युत आपूर्तिकाकारण मुनाफामा कमि आएपनि उद्योगको बैंक मौजाद अहिलेपनि ५ करोड बढि रहेको साहले बताए । प्राधिकरणले उद्योगलाई २४ घण्टा बिद्युत आपुर्ति उपलब्ध गराउने आश्वसन दिएपनि दैनिक सरदर १५ घण्टाभन्दा बढि उपलब्ध गराउन नसक्दा मुनाफामा कमि आएको साहले बताए । उनले भने, ‘जव उद्योगले गति लियो त्यहीँ बेला दैनिक १० देखि १२ पटक झ्याप्प–झ्याप्प जान्छ, जुन दैनिक सरदर ५ घण्टा हुन आउँछ ।’ एक घण्टा लाईन जाँदा उद्योगलाई ६ लाख घाटा हुन्छ यस्तो घाटा दैनिक २५ देखि ३० लाख रहेको साह बताउँछन् ।

‘कहिले दुई मिनेटमै आउँछ कहिले २ घण्टासम्म आउँदैन्,’ साहले भने, ‘पछिल्लो समय मुनाफामा गएको उद्योग बिद्युतकैकारण घाटा जाने अबश्थामा पुगेको छ ।’ दैनिक ६ सय ५० टन सिमेण्ट उत्पादन गर्दै आएको उद्योगले अहिले बिद्युत समस्याकैकारण ४ सय टन मात्र उत्पादन गर्दै आएको उनको भनाई छ । लाईन २४ घण्टा आउने हो भने दैनिक १६ हजार बोरा उत्पादन गर्ने उद्योगको क्षमता छ रहेको नायव महाप्रबन्ध साहले बताए । लाईनकैकारण उद्योग सरदर महिनामा २५ देखि बढिमा २७ दिनसम्म चल्ने गरेको उनको भनाई छ ।

वत्तिकै समस्याकाकारण सिमेण्ट उत्पादनको महत्वपूर्ण मेसिन मानिने ‘विक्र’ वेला–वेलामा जाने गर्दछ । विक्रमा हिटिङ र कुलिङ हुँदा विक्र खस्ने, फुटने र अन्य उपकरणहरु जल्ने, टुटफुट हुने गर्दछ । एक पटक विक्र जाँदा त्यसको सामान ल्याउँदा र वनाउँदा १५ दिन लाग्ने गर्दछ । १५ दिनसम्म उद्योग नचल्दा र त्यो सामान खरीदगर्दा उद्योगलाई झण्डै १० करोड घाटा जाने गरेको उद्योगका नायव महाप्रबन्धक तथा मर्मत तथा आपूर्ति महाशाखाका प्रमुख महेशप्रसाद काफ्ेलले बताए । बिद्युत नियमित सुचारुहुँदा उद्योगले प्रति घण्टा ३५ टन उत्पादन हुने काफ्ेलले बताए । उनले भने, ‘यहीँ बेला सिमेण्टको माग छ, तर लाईनलेगर्दा माग पुरा गर्ने सिमेण्ट उत्पादन गर्न सकिएको छैन् ।’ बजारमा दैनिक १५ हजार बोरा सिमेण्टको माग रहेको काफ्लेले बताए ।

पटक–पटक विद्युत काटिने समस्याले सिमेन्ट उत्पादन प्रभावित हुनुकोसाथै ठूला मेसिनहरुमा समस्या आउने गरेको उनको भनाई छ । लाईनका बिषयमा लाहान सव स्टेशनको ०३३–५६०४०० नम्बरमा जानकारी लिन खोज्दा शव स्टेशन प्रमुखले फोन नै नउठाउने गरेको काफ्ेलेले गुनासो गरे ।
उनले पिकआवरमा चलाउने भन्दै २४ घण्टा विद्युत उपलब्ध गराउने शर्तमा उद्योगले सामान्य ग्राहकभन्दा दोब्बर महशुल बुझाउने गरेपनि शर्तअनुसार काम नभएको बताए । बेलुकी ५ बजेदेखि विहान ६ बजेको समयलाई पिकआवर मान्ने गरिएको छ । यस्ता ग्राहकसँग प्राधिकरणले डेलिकेटेड फिडर भन्दै प्रति युनिट १७.५० पैसा लिने गर्दछ । उद्योगले प्राधिकरणलाई मासिक ३ करोड २० लाख रुपिँया महशुल मात्र बुझाउँछ । तर पनि विद्युत नियमित आउन सकेको छैन् काफ्लेले भने ।

वि.स.२०४४ सालमा स्थापित उद्योग संचालनको केही वर्ष राम्ररी संचालनमा आएको भएपनि त्यस पछि भने विभिन्न कारणले प्रभाबकारी ढंगले चल्न सकेको छैन । मुलुकमा लोडसेडिङ शुरु भएपछि त्यसको मार उदयपुर सिमेन्टले खेप्दै आएको थियो ।
विद्युत आपूर्तिमा देखिएको समस्याको बारे विद्युत प्राधिकरणको उच्च तहमासमेत पटकपटक कुरा भएको तर समस्या समाधान नभएको साहले बताए । २ बर्ष यता कुनै दिन पनि २४ घण्टा विद्युत आपुर्ति हुन सकेको छैन्,’ नायव महाप्रबन्धक साहले भने, ‘लोडसेडिङ बाहेक विद्युत आपूर्ति भैरहेको बेला प्रत्येक २ घण्टाको अन्तरालमा छिन–छिनमा लाईन जान्छ, यसरी जाने लाईन दैनिक ५ घण्टा बढि हुन आउँछ ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *