




पछिल्लो समय उत्कृष्ट गीतहरु बजारमा ल्याई रहेको सुनाखरी मल्टि मिडिया प्रा ली ले फेरी अर्को उत्कृष्ठ गीत तथा भिडियो बजारमा ल्याएको छ । बहुचर्चित लोक तथा दोहोरी गायक माधब थापा सुमधुर स्वरकी धनी गायिकाहरु चिनु घर्ति र तारा थापाले एकसाथ दशैँ गीत गाएका छन् । दशैँ राम्रो लाहुरे घर आउनाले बोलको गीतलाई भिडियोले अझै जिबन्त बनाएको छ । मौलिक श्रीजनाका नी माधब थापाकै लय र शब्द रहेको छ । अहिलेकी चर्चित मोडल रीना थापा, दिपक बस्नेत, बिदुर आपगाई र नमराज ढुंगानाको अभिनय रहेको भिडियोलाई निर्देशन देवेन्द्र पाण्डेले गरेका छन । तेसै गरि चक्र बराल ( बाशु ) को छायांकन रहेको छ भने अनुप सिवाकोटीको सम्पादन रहेको छ । यो डियोलाई सम्पूर्ण फिल्मस् ले निर्माण गरेको हो ।
भिडियो
Facebook Comments