संबिधान विश्वकै उत्कृष्ट, कार्यान्वयनमा जोड

उदयपुर, ३ असोज । संबिधान कार्यान्वयनमा जोड दिँदै मंगलबार उदयपुरमा तेस्रो संबिधान दिवस मनाइएको छ । जिल्लास्थित राजनीतिक दल, कर्मचारी, पत्रकार, अधिकारकर्मी, नागरिकसमाज र सर्वसाधरणको उपस्थितिमा संबिधान दिवस मुल समारोह समितिले विविध कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।

समितिले दिवसलाई तीन दिनसम्म मनाउने निर्णयअनुरुप मंगलबार बिहान लोकतान्त्रिकचौकबाट प्रभातफेरीको आयोजना गरी त्रियुगा उच्च माध्यमिक बिद्यालयको मैदानमा पुगेर र्याली सम्पन्न गरेको थियो । र्यालीपछि आयोजित कोणसभामा बोल्ने वक्ताहरुले जनताको प्रत्यक्ष सम्लग्नमा बनेको संबिधान कार्यान्वन निकै चुनौतीपूर्ण रहेको भन्दै दलिय सहमतिको खाँचो रहेको औल्याए ।

उनीहरुले विश्वकै उत्कृष्ट संबिकधान कार्यान्वन तहमा केहि चुनौती देखिएपनि त्यसलाई दलहरुले आपसीसमझदारीमा टुङयाउनु पर्नेमा जोड दिए । वक्ताहरुले संबिधानको कार्यान्वनअन्र्तगत स्थानीत तहको निर्वाचन सम्पन्न भईसकेको र प्रदेश र संघको निर्वाचनपनि कार्यात्वयनको तहमा रहेकाले निर्वाचन सफलतापुर्वक सम्पन्न गर्न दलहरुलाई आग्रह गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्वसहरी विकास राज्य मन्त्री एवंम सांसद मन्जुकुमारी चौधरीले संबिधानले सबैका हकअधिकार सुरक्षित गरेकाले यसको कार्यान्वयनका लागि सरकार नै बढी जिम्वेवार हुनु पर्ने बताईन ।

उनले संबिधानले नेपाल जनता अधिकार सम्पन्न बनाएको हुँदा यसको उपयोगका लागि नेपाली जनता नै जागरुक हुनु पर्नेमा जोड दिईन् । कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक खड्ग परियार, प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठ, नेपाली काँग्रेसका हिरामान मोते, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका मोहरबक्स अली, गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य सृजना दनुवार, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, जनआन्दोलनका घाईते युवराज कार्की लगायतले बोलेका थिए ।

संबिधान दिवस कार्यक्रमअन्र्तगत असोज २,३,४ गते जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालय, सबैका घरघरमा र ३ गते साँझ लोकतान्त्रिकचौकमा दिप प्रज्वलन गर्ने, ४ गते जिल्ला अस्पतालका विारीलाई फलफूल वितरण गर्ने, स्थानीय स्तरको मुल समारोह समितिले स्थानीय तहमा नै प्रभातफेरी, खेलकुद, प्रवचन, गोष्ठि, परिसम्बाद लगायतका कार्यक्रमहरु तय गरेकाछन् । कार्यक्रममा त्रियुगा उच्च माध्यमिक बिद्यालयका बालबालिका सहभागि रहेको राष्ट्रिय सेवा दल ४२ औँ जुनियर डिभिजनका बालबालिकाले सुरक्षा सम्बन्धी आफ्नो प्रर्दशनी, जिल्ला शिक्षा कार्यलयका बिद्यालय निरीक्षक देवी पराजुलीले संबिधान स्म्बन्धी आफ्नो कविता प्रस्तुत गरेकी थिईन । कार्यक्रम त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीको अध्यक्षता, उपमेयर देवीकुमारी चौधरी र नगरपालिकाका नायव सुब्बा गुरुप्रसाद ढकालको संञ्चालन भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *