हलेसी तुवाचुङ नगरपालिकाको बजेट ४१ करोड

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ४१ करोड बढिको बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । होटल हलेसी भिलेजमा शनिबार आयोजित प्रथम नगरसभाले ४१ करोड २९ लाख ४८ हजार ११० रुपैयाँ वराबरको बजेट, नीति तथा कार्यक्रम पारित गरेको हो ।
धार्मिक तथा पर्यटकीयस्थल हलेसी रहेको नगरपालिकाका मेयर इवन राईले पेस गरेको वित्तीय समानीकरण (निशर्त) अनुदानतर्फ २३ करोड ३५ लाख ३९ हजार र नेपाल सरकारको सशर्त अनुदानतर्फ १५ करोड ३६ लाख ४० हजार बजेट नगरसभाले पारित गरेको हो । निशर्त अनुदानतर्फको ७५ प्रतिशत रकम अर्थात १७ करोड ५१ लाख ५४ हजार २५० रुपैयाँ पुँजीगततर्फ तथा निशर्ततर्फको २५ प्रतिशत अर्थात ५ करोड ८३ लाख ८४ हजार ७५० रुपैयाँ बजेट चालुका लागि बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।
पुँजीगततर्फको १७ करोड ५१ लाख ५४ हजार २५० मध्ये नगरयोजनाका लागि १० करोड २५ लाख ३५ हजार ८०, ११ वडाका लागि ५ करोड ६ लाख १३ हजार, समपुरक कोषका लागि १ करोड ५० लाख, विपद व्यवस्थापनतर्फ ३५ लाख ३ हजार ८५, कन्टिन्जेन्सी वजेटका लागि ३५ लाख ३ हजार ८५ रुपैयाँ विनियोजन गरिएको मेयर राईले जानकारी दिए ।
यस्तै, सशर्त बजेटमध्ये शिक्षा शाखाका लागि १३ करोड ६३ लाख २ हजार, जनस्वास्थ्य सेवा शाखाका लागि १ करोड २४ लाख ५ हजार, आयुर्वेद स्वास्थ्य शाखाका लागि १८ लाख ५४ हजार, कृषि विभागतर्फ १६ लाख र पशुसेवा विभागतर्फ १४ लाख ७९ हजार रुपैयाँ आएको नगरपालिकाका निमित्त कार्यकारी अधिकृत अनिल किरातीले बताए ।
नगरयोजनातर्फ सवैभन्दा बढि रकम पर्यटन सडक निर्माणका लागि २ करोड १५ लाख, विद्युतका लागि २ करोड, कृषि तथा स्वास्थ्यका लागि १ करोड, सिँचाईका लागि ३० लाख, युवा उद्यमीका लागि ७५ लाख, सुरक्षित आप्रवासन परियोजनाका लागि ३ लाख, भाषा साहित्य कला र संस्कृतिका लागि १५ लाख, व्याकहो लोडर तथा स्काभेटर खरिदका लागि ७५ लाख, खेलकुदका दागि ५ लाख, गम्भीर रोगका लागि ३ लाख, दलित, महिला, ज्येष्ठ तथा अपांगका लागि १ करोड १८ लाख लगायतका बजेट विनियोजन गरिएको उपमेयर बिमला राईले बताईन् ।
Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *