उदयपुर– उदयपुरको रौतामाई गाउँपालिकाले चालु आर्थिक बर्षमा सडक र पर्यटनलाई प्राथामिकतामा राखि योजना अघि सारेको छ । जनप्रतिनिधि विहीन स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै जनतालाई प्रत्यक्ष लाभ हुने गरी योजनाहरु ल्याउन थालिकाएको हो । भर्खरै सम्पन्न रौतामाई गाउँपालिकाको पहिलो गाउँसभामा गाउँपालिका प्रमुख गजेन्द्रबहादुर खड्काले चालु आर्थिक बर्षमा २९ करोड ९९ लाख १२ हजार खर्च गर्ने गरी नीति तथा कार्यक्रम र वजेट प्रस्तुत गरेका हुन् ।
नीति तथा वजेटले गाउँपालिकालाई जिल्लाकै नमुना र पर्यटकिय आकर्षणको केन्द्र बनाउन सबै वडाबाट केन्द्रसम्म पु्ग्ने सडक बाटो विस्तार, पर्यटकिय र ऐतिहासिक क्षेत्रको संरक्षण, सम्र्बद्धनसँगै विकास र गाउँपालिकाको केन्द्रमा सबै कार्यालय रहने गरी भवन निर्माण तथा पुर्वाधारलाई प्रथामिकता दिइएको छ । एउटा वडाबाट अर्को वडा र केन्द्रसम्म पुग्ने सडक बाटो नहुँदा जनताले भने जस्तो सेवासुबिधा नपाउने भएकाले सडकबाटोमो जोड दिइएको अध्यक्ष खड्काले बताए ।
त्यसैगरी वजेटले गाउँपालिकाअन्र्तगत रहेको जिल्लाकै प्रमु्ख पर्यटकिय, ऐतिहासिक धार्मिक स्थल रौतापोखरीलाई पर्यटकिय केन्द्र बनाउन पोखरीको गुरुयोजना र केवलकार विस्तार योजनालाई अख्तियारी लिएको छ । केवलकार विस्तारका लागि गाउँपालिकाको वजेटबाट मात्र सम्भव नभएकाले छिमेकी नगरपालिका त्रियुगालाईसमेत लगानी गर्न अनुरोध गरिएको अध्यक्ष खड्काले बताए । उनले भने, ‘यो बर्ष केवलकार विस्तारका लागि सर्वे अध्ययन गरिनेछ, त्यसपछि लगानी गरिनेछ ।’ उनले गाँउपालिकाको वजेटबाट मात्र सम्भव नभए लगानीकर्ताको खोजी गरी अगाडी बढाउने बताए ।
त्यस्तै नीति तथा कार्यक्रमले वडानं १ मा रहेको डहरपोखरी, चित्रेथाम, ओडारी झर्ना, वडानं २ को आलम्पुरे पिकनिक स्पोर्ट, वडानं ३ को गुप्तेश्वर महादेव, वडानं ८ को झाक्रीलाई पर्यटकिय गन्तव्य स्थल बनाईने छ भने रौतापोखरी र चित्रेथाममा भिउँटावर निर्माण गरी आन्तरिक तथा वाह्यि पर्यटन प्रर्वद्धन गर्ने नीति अवलम्बन गरेको छ । गाउँसभाले आर्थिक क्षेत्रअन्र्तगत कृषि तथा पशुपालन, उद्योग तथा बाणिज्य, पर्यटन, सहकारी, वित्तिए क्षेत्रमा केन्द्रित रहेन नीति बनाएको छ ।
त्यसैगरी सामाजिक क्षेत्रतर्फ शिक्षा, स्वास्थ्य, खानेपानी, संस्कृति प्रवृद्धन, खेलकुद तथा मनोरञ्जन, लैङिक समानता तथा सामाजिक समावेशीकरण, पुर्वाधार क्षेत्रतर्फ स्थानीय सडक, पुल तथा झोलुङे पुल, सिचाई, भवन तथा सहरी विकास, उर्जा लघु तथा साना जलविद्युत(वैकल्पिक उर्जासमेत), सञ्चार लाई लिएको छ । सभाले वातावरण तथा विपद् व्यवस्थापनतर्फ वन तथा भुसंरक्षण, जलधार संरक्षण, वातावरण संरक्षण र जलवायु परिवर्तन, फोहोरमैला तथा ढल व्यवस्थापन, जलउत्पन्न प्रकोप नियन्त्रण, विपद्र व्यवस्थापनको अख्तियारी लिएको छ ।
त्यसैगरी संस्थागत विकास सेवा प्रवाह र सुशासनअन्र्तगत सामान्य सेवा, सुरक्षा व्यवस्थापन, सूचना प्रविधि, पञ्जिकरण, स्थानीय तथ्यांक संकलन र अभिलेखिकरण व्यवस्थापन, सुशासन पर्वद्धन, नीतिगत निर्णय, अनुसन्धान र विकास निर्माण सम्बन्धी नीति लिई आबश्यक वजेट व्यवस्थापन गर्ने निर्णय लिएको गाउँपालिकाका उपप्रमुख कुमारी राना ज्यु ठकुरीले बताईन । नीति तथा कार्यक्रमले औधोगिक क्षेत्र स्थापना, उद्योग सञ्चालन गर्ने उद्येमीलाई प्रोत्साहन, कृषि क्षेत्रमा लगानी गरी कृषकलाई प्रोत्साहन, प्रत्येक वडामा कृषि प्राविधिकको व्यवस्था, बार्षिकरुपमा १ वटा नमुना विद्यालयको स्थापना, गाउँपालिका भित्र १ वटा प्राविधिक विद्यालय खोल्न पहल गर्ने, वडा कार्यालय माहतहका स्वास्थ्य चौकीलाई अस्पतालकोरुपमा विकास गर्ने, एक गाउँ एक खानेपानीको नीति अवलम्बन गरेको उनको भनाई छ ।
त्यस्तै सडकको ट्रयाक खोल्ने, स्तरन्नोत गरी बस सेवा सञ्चालन गर्ने नीति लिइएको छ । विशेषगरी सडकलाई चार भागमा वर्गिकरण गरिएको छ । वडा कार्यालबाट केन्द्रसम्म जोडिएको सडक, पर्यटन पुर्वाधार सडक÷नदी करिडोरमा निर्माण गरिने सडक, ग्रामिण कृषि सडक र टोलबस्ति सडककोरुपमा विस्तार गरिने छ । रौतामाई र सुनकोसी गाउँपवालिकाको संयुक्त प्रस्तावमा गाईघाट मुर्कुची पुवाँरे माझखर्क सुनकोसी हुँदै पुर्वको पशुपतिनाथको रुपमा चिनिने पर्यटकिय धार्मिक क्षेत्र खोटाङको हलेसीसम्म जोडने सडक विस्तार गरिने अख्तियारी लिइएको छ । सभाले गाउँ क्षेत्रभित्रका विकाश निर्माणको लागि गाउपालिकाको गुरुयोजना निर्माण गर्ने, आवधिक गाउँ विकास योजना, भुउपयोगी नक्सा, विपद व्यवस्थापना योजना, वातावरण मैत्री गाउँपालिकारुपमा विकास गर्ने नीति ल्याइएको छ । जलश्रोत तथा भूमि क्षेत्रतर्फ नगरको पहाडी क्षेत्रमा हावापानी र माटो सुहाउदो खेती जस्ता कृषिजन्य उत्पादनलाई प्रोत्साहित र प्रर्वद्धन गर्ने लिइएको छ ।
त्यसैगरी सार्वजानिक सेवा तथा क्षमताविकासतर्फ कर्मचारीको क्षमता विकास, रिक्तदरवन्दी पदपुर्ति, विनियम तथा कार्यविधिहरुको तर्जुमा, गाउँपालिका विविध सेवाहरु लिन अतिरिक्त दस्तुर तिरी घरदैलो सेवा उपलब्ध गराउने नीति अवलम्वन गर्ने, करप्रणलीलाई सरलीकरण गर्ने लगायतका रहेकाछन् । सभाले २०७४/७५ को नगर विकास योजना तर्जुमा गर्दा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट प्राप्त मार्गदर्शन, अर्थमन्त्रालयबाट प्राप्त वजेट सिलिङ्ग, विद्यमान ऐन नियम तथा निर्देशिका, स्थानीय पूर्वाधार विकास नीति, नगर सडक यातायात गूरुयोजनालाई प्रमुख आधार बनाइएको प्रमुख खड्काले जानकारी दिए ।
नेपाल सरकारको १० करोड ५५ लाख १० हजार सशर्त अनुदान, १८ करोड ५६ लाख २ हजार निशर्त अनुदानसँगै ४० लाख आन्तरिक अनुमानित वजेटअनुसार गाउँपालिकाले प्रशासनिक खर्चतर्फ ४ करोड ९५ लाख, पुर्वाधार विकासतर्फ ७ करोड ७८ लाख, सामाजिक विकासमा १२ करोड ३४ लाख ९० हजार ५ पैसा, आर्थिक विकासमा १ करोड ८२ लाख ५९ हजार विनियोजन गरिएको छ ।
त्यसैगरी वन वातावरण विपद्मा १ करोड १५ लाख ५० हजार, संस्थागत बिकासमा ६२ लाख, वित्तिय व्यवस्थापनमा ७ लाख ५० हजार, सवारी साधन खरिद हल्कासमेत ५८ लाख, मेसिनरी औजार ४० लाख, जगेडा कोष १० लाख ६२ हजार ५ रुपिँया र गुरु योजनाका लागि १५ लाख रुपिँया विनियोजन गरिएको गाउँपालिकाका प्रवक्ता खविन्द्र रास्कोटीले जानकारी दिए ।