कटारी नगरको बजेट ६९ करोड १० लाख ५० हजार ९ सय २५

उदयपुर २० भदौ /उदयपुरको कटारी नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि रु६९ करोड १० लाख ५० हजार ९ सय २५ रुपैंया ६ पैसाको बजेट सार्वजनिक गरेको छ । मंगलबार नगरपालिकाको हलमा आयोजित प्रथम नगर सभालाई सम्बोधन गर्दै नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले सम्पन्न नगरसभाले पारित बजेट , नीति तथा कार्यक्रम सार्वजनिक गरे ।
हाम्रो प्रतिबद्धता हाम्रो अभियान , समृद्ध कटारी नगर हाम्रो पहिचान भन्ने नाराका साथ आयोजित नगरसभालाई सम्बोधन गर्दै श्रेष्ठले नगर क्षेत्रका भित्रका संस्थागत भवन बनाउँदा अपाङ्ग , तथा बालमैत्री बनाउने , कटारी बजारमा सिसी क्यामेरा जडान गर्ने , कटारी–बेतेनी केबुलकारको सम्भाव्यता अध्ययन यसै वर्ष गरिने नीति सार्वजनिक गरे ।
त्यसैगरी सामाजिक विकास , कृषि वन तथा वातावरण ,जलश्रोत विकासमा समेत सभाले नीति बनाएको सार्वजनिक गरे । ऐतिहासिक प्रथम नगरसभाको प्रमुख अतिथि माओवादी केन्द्रका साँसद भेषकुमारी राउत कोपिलाले पानसमा बत्ति बालेर नगर सभाको उदघाटन गरेकी थिईन् ।
क्टारीबाट जननिर्वाचितहरुको बैठकले पारित गरेको नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा कटारीका राजनीतिक दलका प्रमुखहरु ,संघ–संस्थाका प्रमुखहरुको सहभागिता रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *