आदिबासी र जनजातीका मन्त्रीहरुलाई संघको सम्मान

काडमाण्डौ, १६ भदौ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल आदिवासी जनजाती संघले वर्तमान मन्त्रि परिषद्मामा पार्टीबाट प्रतिनिधित्व गर्ने आदिवासी जनजाति समुदायका मन्त्रीहरुलाई सम्मानित गरेको छ । शुक्रबार बिहान नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, बीपीनगर सानेपामा आयोजित विशेष कार्यक्रममा वर्तमान मन्त्रि परिषद्मामा  कांग्रेसबाट प्रतिनित्व गर्नुहुने आदिवासी र जनजाती समुदायका माननीय मन्त्री तथा राज्य मन्त्रीहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरिएको हो ।

नेपाली कांग्रेसका आदिवासी जनजाती संघका अध्यक्ष इन्द्रबहादुर गुरुङ्गको सभापतित्वमा सम्पन्न उक्तकार्यक्रममा नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्नुभएका आदिवासी र जनजातीका मन्त्रीहरु गोपालमान श्रेष्ठ, उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री, भिमसेनदास प्रधान, रक्षा मन्त्री, दिलमान पाख्रिन, कानुन तथा न्यायमामिला राज्य मन्त्री सिता गुरुङ्ग, भौतिक योजना तथा यातायात राज्यमन्त्री, अमर सिंह पुन, सिंचाई राज्यमन्त्री, तेजुलाल चौधरी, खेलकुद राज्यमन्त्री डिल्लीबहादुर चौधरी , श्रम तथा रोजगार राज्यमन्त्री सम्मानित हुनुभएको थियो ।

नेपाल आदिवासी जनजाती संघका महासचिव प्रशान्त कुमार राईले बधाई तथा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्नभएको बताउनु भयो ।press-photo2

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *