उदयपुरमा ३६ जना लागूऔषध कारोबारी पक्राउ

उदयपुर । लागु अौषध नियन्त्रणमा उदयपुर प्रहरीलाई सफलता मिल्दै गएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले पछिल्लो एकसातामा ३६ जना लागुऔषध कारोबारीसहित ठुलो मात्रामा लागुऔषध वरामद गरेको हो। बुधबार प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एसपी नवराज भट्टले ३ जना लागुऔषध ओसारपसार गर्ने व्यापारी र ३३ जना सेवनकर्तालाई पक्राउ गरी कारवाही प्रकृया अगाडी बढाएको जानकारी दिए ।

प्रहरीले व्यापारी र सेवनकर्तासँगै लागुऔषध लुपिजेसिक ८४ एम्पुल, इाईजेल्वाव ८३ एम्पुल, फेनरागन ८२ एम्पुल, नाईट्रोशन ट्यावलेट ११ गोटी, गाँजा ३८० ग्राम, नगद १६ हजार १६० रुपिँया र ओसारपसारमा प्रयोग भएको सवारीसाधन स.१.ह ७५६ नम्बरको अटोरिक्सा १ वटा वरामद गरिको जनाएको छ । पक्राउ परेकाहरुलाई प्रहरीले १४ वटा मुद्धा दर्ता गरेको जनाएको छ ।

पक्राउ परेका सबैजनालाई प्रहरीले अन्य कुनै सूचनाभन्दा पनि नियमित चेकजाँचकाक्रममा सदरमुकाम प्रवेश गर्ने मुख्य नाका त्रियुगा नगरपालिका ६ लालपत्ताबाट पक्राउ गरेको एसपी भट्टले जानकारी दिनुभयो । सबै क्षेत्रको साथसहयोगबाट मात्र लागुऔषध नियन्त्रण हुने भन्दै लगत्तै जनचेतनामुलक कार्यक्रम सञ्चालन, व्यापारीलाई कानुनी कारवाही र सेवनकर्तालाई कारवाही भन्दा पनि सुधारगृह स्थापना गरी परामर्श आबश्यक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *