सात वर्षीय बालक मृत फेला

खोटाङ- खोटाङमा बेपत्ता बनेका बालक मृतक फेला परेका छन्। केपीलासगढी गाउँपालिका-४ बाक्सिलाका ७ वर्षीय रोविन राई बेपत्ता भएको ५ दिनपछि मृत फेला परेका हुन्।

साउन २३ गतेदेखि बेपत्ता बनेका बालक तापखोलाले बगाएको अवस्थामा शुक्रबार फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

खोलामा माछा मार्न गएका स्थानीयले बालक पानीमा तैरिरहेको फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय बाक्सिलाबाट गएको प्रहरीले कानुनी प्रकृया पूरा गरेर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *