गंगा राई
उदयपुर– सार्वजनिक बाटो बन्द गरेको भन्दै उदयपुरमा एक वडा सदस्य बिरुद्ध मुद्दा दायर भएको छ । आफ्नो घर हुदै गाउँजाने सार्वजनिक बाटो बन्द गरेको भन्दै जिल्लाको त्रियुगा नगरपालिका– ३ मोतिगडा स्थित पुलचोकका हरिमाया शाही बिरुद्ध उदयपुर जिल्ला अदालतमा मुद्दा दायर भएको हो । उनिसंगै मोहन भन्ने चन्द्रबहादुर शाहीलाई समेत बिपक्षी बनाई अदालतमा मुद्दा दायर भएको छ । उनिहरुलाई गाउँलेहरु उकासेर बाटो बन्द गरेको आरोप छ । उनिहरुले परापूर्व देखि बाटोमा प्रयोग हुदै आएको चार मिटरको सार्वजनिक बाटो आनावश्यक बिवाद निकालेर बाटो बन्द गरेको फिराद–पत्रमा उल्लेख छ । हरिमाया दोस्रो चरणको स्थानीय निर्वाचनमा नेकपा एमाले तर्फबाट त्रियुगा– ३ को निर्वाचित वडा सदस्य हुन् भने चन्द्रबहादुर हरिमायाको श्रीमान हुन् । उनिहरु विरुद्ध गत आठ गते अदालतमा मुद्दा परेको थियो । उनिहरु बिरुद्ध स्थानीय राम प्रसाद साहले उजुरी हालेका हुन् । हरिमाया र चन्द्रबहादुरको अगुवाईमा आफ्नै टोलको बिच सडकमा गत असार २८ गते बेरा लगाई बाटो बन्द गरिएको थियो । बाटो बन्द गरिएसंगै स्थिानीय लगागत अन्य बटुवाहरुको आवतजावतमा समेत प्रत्येकक्ष प्रभाव परेको स्थानीयहरु बताउँछन् । उनिहरुका अनृुसार बाटो बन्दको कारण बस्तिकोे तल्लो भेगमा बसोबास गर्दै आएका एक दर्जन घरधुरीका स्थानीयहरु मारमा परेका छन् । हालसम्म सो सडकमा कुनै पनि सवारीका साधनशरु चल्न सकिरहेको छैन ।
सार्वजनिक बाटो बन्द गरेको भन्दै उदयपुरमा वडा सदस्य बिरुद्ध मुद्दा दायर
Facebook Comments