



उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ चप्पनमा भएको ट्याक्टर दुर्घट्नामा गाडी धनि र चालकको समेत लापर्बाही देखिएको छ । स्थनीय बरुवा खोलामा ढुंगा बोेक्न आएको स १ त २०१० नम्बरको ट्याक्टर दुर्घट्नामा गाडी धनि र चालकको लापर्बाही देखिएको हो ।
बुधवार भएको दुर्घट्नामा आफैले चलाएको ट्याक्टर पल्टदा एक कामदारको ज्यान गएको थियो । ज्यान जानेमा त्रियुगा नगरपालिका–११ का २४ बर्षीय मनोज नेपाली रहेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार चालकको लापर्बाहीको कारण उनको ज्यान गएको हो । चालक अर्जुन बिकले ट्याक्टर चलाउन आल्टार गर्न थालेपछि कामदारको रुपमा रहेका मृतक नेपालीले चलाएको थिए ।
आफैले चलाएको ट्याक्टर दुर्घटना हुदा घटना स्थलमै उनको मृत्यु भएको थियो । उनको कुनै पनि सवारीको चालक अनुमति पत्र (लाईसेन्स) छैन । उत्ता, दुर्घट्नाग्रस्त ट्याक्टर चालक बिकको पनि सवारी चालक अनुपति पत्र नरहेको स्रोतले बतायो । ट्याक्टर जस्तो सवारी साधन चालकको पनि लाईसन्स नभएको भन्दै स्थानीयहरु आक्रोसित भएका थिए । ट्याक्टर जस्तो साधन चालकको चालक अनुमति पत्र भएको व्याक्ति नराख्नु गाडी धनिको समेत कमजोरी रहेको भन्दै स्थानीयहरुले आक्रोसित बनेका थिए ।