राईको अध्यक्षतामा फोटो पत्रकार समूह गठन

उदयपुर, २८ असार ।  स्थानीय युवा पत्रकार तथा रेडियो कर्मी गजेन्द्र राईको अध्यक्षतामा “राष्ट्रिय फोटो पत्रकार समूह” उदयपुरमा बिस्तार भएको छ । नेपालका फोटो पत्रकारहरुको छाता संगठनको रुपमा रहेको सो समुहको बधारवार एक कार्यक्रम बिच शाखा बिस्तार गरिएको हो । सदरमुकाम गाईघाटमा भएको कार्यक्रमबाट नौ सदस्यीय रहनेगरि राईको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरिएको हो । जसमा समितिको उपाध्यक्षमा क्रियाशील महिला पत्रकार अप्सरा समाल चयन भएकी छन् ।mfpjशाखाको सचिवमा स्थानीय त्रियुगा एक्सप्रेस दैनिकका कार्यकारी सम्पादक देबराज राई चयन भएका छन् । त्यस्तै सह–सचिवमा रेडीयो त्रियुगाका समाचार प्रमुख इश्वर बलम्पाकी मगर र कोषाध्यक्षमा बेलका साप्ताहिक पत्रिकाको प्रकाशक गंगा राई चयन भएकी छन् । यसैगरि सदस्यहरुमा चित्र कुमार कार्की, बिक्रम राई, यशोदा पोखरेल र राकेश नेपाली चयन भएका छन् ।  कार्यक्रममा समूहका केन्द्रिय अध्यक्ष ध्रुव आले, केन्द्रिय सचिव प्रदीपराज वन्तलगायतको उपस्थिति रहेको थियो ।mfpjत्यस्तै नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय उपाध्यक्ष तथा पत्रकार सेनानी कौशल चेम्जोङ, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, अग्रज पत्रकार भक्तिविलास पोखरेल, नेपाल पत्रकार महासंघ उदयपुरका पूर्वाध्यक्ष कुशलबाबु बस्नेत, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य हरिकुमार राई, प्रेस युनियनका केन्द्रिय सदस्य तथा पूर्वाञ्चल अध्यक्ष नविन राई, प्रेस सेन्टर नेपाल १ नम्बर प्रदेशका बरिष्ठ उपाध्यक्ष भोटराज राई र सेन्टरकै जिल्ला अध्यक्ष तुलसी कोईरालालगायतका पत्रकारहरुको सहभागिता रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *