त्रियुगा दशमा नरबहादुर कार्की बलियो

गजेन्द्र राई
उदयपुर, ११ असार । आसन्न स्थानीय निर्वाचनको लागि उमेद्वार बनेकामध्ये उदयपुरको त्रियुगा दशमा नरबहादुर कार्की बलियो हुदै गएको छ । जिल्लाको त्रियुगा नगरपालिका दश बोक्सेका लागि अध्यक्ष पदको उमेद्वार बनेका कार्की पछिलो समय बलियो हुदै गएको हो ।

माओवादी केन्द्रको तर्फबाट उमेद्वार बनेका कार्की पछिलो समय वडा नम्बर दशको जनताहरु माझ लोकप्रिय बन्दै गएको केन्द्रका वडा कमिटि अध्यक्ष प्रेम खालिङको भनाई छ । अध्यक्ष खालिङको अनुसार अध्यक्ष उमेद्वारहरु मध्ये सरल, ईमान्दारिता र जनताहरुको चाहना प्रति प्रतिबद्ध भएको कारण पनि वडा नम्बर दशको जनता माझ लोकप्रिय बन्दै गएको हो । कार्की बिकासे नेताको रुपमा पनि चिनिदै आएको छ ।

सो वडाको लागि अध्यक्ष पदको उमेदवारमा नेपाली कांग्रेसको तर्फबाट प्रकाश खड्का र नेकपा एमालेको तर्फबाट हेम बहादुर मगर रहेका छन् । अध्यक्ष पदको उमेद्वार खड्का र मगरको सार्बजनिक रुपमै आलोचना हुदै आएको छ । खड्का पूर्व वडाध्यक्ष हुन् भने मगर ट्रयाक्टर व्यावसायी हुन् ।

बिगतमा पनि वडाध्यक्ष भएको खड्काले आफ्नो कार्यकालमा राम्रोसंग कार्यसम्पादन नगरि जागिर खान गएको अर्का पूर्व वडाध्यक्ष भागवत राउतको भनाई छ । उनको अनुसार आफ्नो कार्यकालमा कुलो र एउटा चौंतारोसम्म बनाउन नसकेका खड्का पुनः जागिर छोडेर अध्यक्ष उमेद्वार हुन आएको हो । उनले सार्वजनिक रुपमै खड्काको आलोचना गर्दै आएको छ ।

उता, एमालेको तर्फबाट अध्यक्ष पदको उमेद्वार बनेको मगरले बिजय पछिपनि राम्रोसंग जिम्मेवारी बहन गर्न नसक्ने भन्दै आलोचना हुदै आएको छ । कार्यसम्पादनको लागि कुनैपनि अनुभब मगरसंग नरहेको स्थानीयहरु बताउँछन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *