उदयपुरको सम्भावना अनुसारको ठाउँहरुमा बिकास गर्नेः प्रचण्ड (फोटो फिचर सहित)

गजेन्द्र राई
उदयपुर, ७ असार ।  पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्बाचनपछि संघीय लोकतान्त्रिक गणतन्त्रको उज्यालो गाउँ, नगर, टोलटोलमा पुग्ने र पुगिसकेको उज्यालो परिवर्तनलाई कुनै पनि प्रतिक्रियाबादी र प्रतिक्रान्ति शक्तिले बदल्न नसक्ने बताउनु भएको छ । उदयपुरको सदरमुकाम गाईघाटमा बुधवार भएको चुनाबी सभालाई सम्बोधन गर्दै दाहालले सो कुरा बताएका हुन् । यो निर्बाचन सबै परिवर्तनबादीका निम्ति परिवर्तनलाई संस्थागत गर्ने अवसर भएकोले कसैको प्रलोभन, डरधम्कीमा नपरी, संघीय लोकतन्त्रीक गणतन्त्र ल्याउने पार्टी माओवादीलाई, जिताउन आग्रह समेत गर्नु भएको छ ।prachanda_01
अहिलेको निर्बाचन विगतको जस्तो नभै, न्यायपालिका, कार्यपालिका र ब्यवस्थापीका सहितको जनताको अधिकार केन्द्रित, सिंहदारबारको अधिकार जनताको घरदैलोमै ल्याउने स्थानीय सरकारको निर्बाचन भएको बताउनुभयो । स्थानीय तहको निर्बाचनलाई जनतालाई बचाउने बालीको संज्ञा दिदै उहाले नेपाली जनता र माओवादीको निकै ठूलो मेहनतले संघीय लोकतान्त्रिक गणतन्त्रको बाली फलेको बताउनुभयो । पहिलो चरणको स्थानीय तहको निर्बाचन भईसकेको, दोस्रो निकट रहेको र तेस्रो तहको २ नम्बर प्रदेशको निर्बाचन पनि तोकेकै समयमा हुने उहाँले बताउनुभयो ।prachanda_05
उहाँले उदयपुरको आर्थिक समृद्धि र विकास गर्न पार्टी र सरकारको तहबाट प्रतिबद्धता जनाउनुभयो । उदयपुर पर्यटकीय लगायत सबैखाले सम्भावना बोकेको ठाउँ रहेकोले चारवटा नगरपालिकासहित अन्य चारवटा गाउँपालिकासमेतलाई समृद्ध बनाउने कार्यक्रमहरु ल्याइने उहाँले बताउनुभयो । मेयरका उम्मेदवारले ल्याएको प्रतिबद्धता पत्रलाई अक्षरस पालना गर्न र गराउने प्रतिबद्धता व्यक्त गर्दै ठाउँअनुसारको सम्भावनालाई अगाडी बढाउने बताउनुभयो । उहाँले झण्डै नीजिकरण गरिएको उदयपुर सिमेन्टलाई आफुले जोगाएको र अव त्रियुगाबासीलाई समृद्ध बनाउन उदयपुर सिमेन्ट उद्योग नगरबासीलाई नै हस्तान्तरण गर्ने प्रयास गरिने बताउनुभयो ।prachanda_04
चारैस्थानमा ३५ मिनेटसम्मको लामो सम्बोधन राखेका अध्यक्ष दाहलले एमाले र कांग्रेसले स्थानीय तहको निर्बाचनप्रति खुलेर चासो नदिएको आरोप लगाउदै जनताको बलिदानीले आएको परिवर्तनलाई स्थानीय तहको निर्बाचनबाट संस्थागत गर्नुपर्ने कुरा दोहोर्याएका थिए । तत्कालिन राज्यपक्ष वा विद्रोहिपक्षका सहिद परिवार, बेपत्ता परिवारलाई राहतरकम छुट्याईएको, निर्बाचनपश्चात वितरण हुने समेत बताउनुभयो । prachanda_07
चारै नगरपालिकाका मेयर उम्मेदवार तथा उपमेयरहरुले अध्यक्ष दाहालका अगाडी आप्mना चुनावी प्रतिबद्धता राखेका थिए । त्रियुगा नगरपालिका मेयरको उमेद्वारमा किरण राई र उपमेयरको उमेद्वारमा गिता खड्का कार्की रहनु भएको छ । उहाँले एकैदिन चारवटा चुनावी सभालाई सम्बोधन गर्नुभएको छ । उहाँले उदयपुरको चार नगरपालिकामा एकै दिन आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्नुभएको हो ।prachanda_08
हेलिकेप्टरबाट आउनुभएका दाहालले सबैभन्दा पहिले जिल्लाको पूर्वी नगरपालिका बेलकामा सम्बोधन गर्नुभयो । बेलकापछि चौदण्डीगडीको सभालाई सम्बोधन गर्नुभएको दाहालले सदरमुकामसमेत रहेको त्रियुगामा सम्बोधन गर्नुभयो । अन्तिममा कटारी नगरपालिकाको सभालाई सम्बोधन गर्नुभयो ।
फोटोः भोटराज राई

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *