उदयपुरको आठैवटा स्थानीय तहमा उम्मेदवारी दर्ता शान्तिपूर्वक सम्पन्न (फोटो फिचर सहित)

उदयपुर, ४ असार ।  असार १४ गने हुने स्थानीय निर्वाचनको लागी उदयपुरमा मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण रुपले आईतवार सम्पन्न भएको छ । चार नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा आठ स्थानीय तहका ३ सय ९१ पदका लागि भएको मनोनयन दर्ता कार्यक्रम शान्तिपूर्ण रुपले सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयको अनुसार साँझसम्ममा सबै ठाउँमा मनोनयन दर्ताको कार्य सम्पन्न भएको र रातीसम्ममा सम्पूर्ण नामावली तयार हुनेछ । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।1
चारवटा नगरपालिकामा नै प्रमुख प्रतिष्पर्धी तीन दलको रुपमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र उदयपुरले नाराजुलुस्, बाजागाजासहित मनोनय दर्ता गराएका थिए । सदरमुकामसमेत रहेको  त्रियुगा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरमा बसन्त बस्नेत र उपमेयरमा देबी चौधरीेले मनोनयन दर्ता गराएका छन् । नेकपा एमालेले मेयरमा बलदेव चौधरी र उपमेयरमा गीता रेग्मीले मनोनयन दर्ता गराएका छन् भने नेकपा माओवादी केन्द्रको तर्फबाट मेयरमा किरण राई र उपमेयरमा गीता खड्का कार्कीले मनोनयन दर्ता गराएका छन् ।3
त्यसैगरी कटारी नगरपालिकामा प्रमूख प्रतिष्पर्धी तीन दलहरु मध्ये नेपाली कांग्रेसले मेयरमा ज्ञानेन्द्रमानसिंह राउत, उपमेयरमा निर्मला कार्कीले मनोनयन दर्ता गराएका छन् । नेकपा एमालेको तर्फबाट मेयरमा ज्ञानेन्द्र श्रेष्ठ (काजी) र उपमेयरमा भीमकुमारी राउतको मनोनयन परेको छ भने नेकपा माओवादी केन्द्रको तर्फबाट मेयरमा कृष्णप्रसाद बराल (केपी) र उपमेयरमा मिना कोइरालाको मनोनयन परेको छ । 4
चौदण्डीगडी नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरमा निर्मल राई (काजी) र उपमेयरमा रीता चौधरीको मनोनयन परेको छ । नेकपा एमालेको तर्फबाट मेयरमा नरेन्द्र राउत र उपमेयरमा कान्ता राईको मनोनयन परेको छ भने नेकपा माओवादी केन्द्रको तर्फबाट मेयरमा कुमारसिंह कार्की र उपमेयरमा मायादेवी राईको मनोनयन परेको छ । 6
बेलका नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरमा अकोश कार्की र उपमेयरमा दिपा राईको मनोनयन परेको छ । नेकपा एमालेको तर्फबाट दुर्गा थापा र उपमेयरमा राजकुमारी चौधरीको मनोनयन परेको छ भने नेकपा माओवादी केन्द्रको तर्फबाट मेयरमा रमण भट्टराई र उपमेयरमा गंगासरी राईको मनोनयन परेको छ । 5
चार गाउँपालिकामा पनि प्रमुख प्रतिष्पर्धीको रुपमा तीनै दलहरु कांग्रेस, एमाले र माओवादी केन्द्र रहेका छन् । उदयपुरगडी गाउँपालिकामा कांग्रेसको तर्फबाट अध्यक्षमा जीतबहादुर खड्का र उपाध्यक्षमा बिमा राईको मनोनयन परेको छ । एमालेको तर्फबाट अध्यक्षमा मानबहादुर मगर र उपाध्यक्षमा सानु कार्की राउतको मनोनयन परेको छ भने माओवादी केन्द्रको तर्पmबाट अध्यक्षमा देब गिरी र उपाध्यक्षमा निर्मला मगर रहेका छन् । dscn8450
रौतामाई गाउँपालिकामा कांग्रेसको अध्यक्षमा भूपेन्द्र थापा र उपाध्यक्षमा धनकुमारी मगरको मनोनयन परेको छ । एमालेको अध्यक्षमा गजेन्द्रबहादुर खड्का र उपाध्यक्षमा कुमारी ज्यू ठकुरीको मनोनय परेको छ भने माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा विरेन्द्र मगर रहेका छन् । माओवादी केन्द्रसंगको तालमेलमा संघीय समाजबादी फोरमको तर्फबाट उपाध्यक्षमा हस्तशोभा राईको उम्मेदवारी परेको छ । dscn8449
सुनकोशी गाउँपालिकामा कांग्रेसको अध्यक्षमा पुष्पलाल राई र रमिला राईको उम्मेदवारी परेको छ । एमालेको अध्यक्षमा भलराज राई र उपाध्यक्षमा लक्ष्मीदेवी कार्कीेको मनोनयछन परेको छ भने माओवादी केन्द्रको अध्यक्षमा मेजर राई (मिजास) र उपाध्यक्षमा विना राईको मनोनय परेको छ । ताप्ली गाउँपालिकामा कांग्रेसको अध्यक्षमा डाकबहादुर ठकुरी र उपाध्यक्षमा धना मगरको मनोनयन दर्ता भएको छ । एमालेको अध्यक्षमा उद्धवसिंह थापा र उपाध्यक्षमा कमला माया राईको मनोनयन परेको छ भने माओवादी केन्द्रको अध्यक्षमा ढुंगाराज राई र उपाध्यक्षमा कृतिमाया राईको मनोनयन परेको छ । मनोनयन दर्ता कार्यक्रमको समयमा कतै पनि अप्रिय घटना तथा चुनावविरोधी गतिविधि नभएको जिल्ला प्रहरी प्रमुख एसपी नरबहादुर केसीले बताए । उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरी कडा सुरक्षाको व्यवस्था मिलाईएको बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *