माओवादी केन्द्र उदयपुरको घर दैलो तिब्र (फोटो फिचर सहित)

उदयपुर, १६ जेठ ।  दोस्रो चरणको स्थानीय निर्वाचन नजिदै गर्दा माओवादी केन्द्र उदयपुरले घरदैलो कार्यक्रमलाई तिब्र पारेको छ । जिल्लामा चार नगरपालिका र चार गाउँपालिका रहेको छ । अहिले सबै स्थानमा आफ्नो चुनावी कार्यक्रमलाई तिब्र पारेको छ । जसअनुसार जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर–४ बगाहामा मंगलवारदेखि घरदैलो कार्यक्रमलाई तिब्र पारेको छ । हजारौंको संख्यामा रहेको माओवादी कार्यकर्ताले स्थानीय बगाहा चोकबाट बिहानैदेखि घरदैलो कार्यक्रमलाई तिब्र पारेको छ । घरदैलो कार्यक्रम वडाका सबै टोलहरुमा पुगेर गरिने पार्टीको तर्फबाट अध्यक्ष पदको उमेद्वार बनेका सुनबीर तामाङले बताए । उमेद्वार तामाङका अनुसार निर्वाचनसम्मनै बिभिन्न ढंगले घरदैलो कार्यक्रमलाई निरन्तरता दिईने छ । कार्यक्रममा युवा नेता किरण राई लगायत अन्य जिल्लाका प्रभाबशालि नेताहरुको पनि सहभागीता रहेको थियो । उक्त वडामा पार्टीको तर्फबाट अध्यक्ष पदमा सुनबीर तामाङ, सदस्यहरुमा गंगा पोखरेल, धनदेबि सार्की (सुयल), गौरबहादुर खड्का र प्रहलाद कुमार बिश्वकर्मा (सागर) को रहेका छन् । अहिलेसम्म सबै तहको उमेद्वारी निरबिवादीत रुपमा छनोट हुदै आएको माओवादी केन्द्र उदयपुरले जनाएको छ ।
123 5 6 7 8 9 10 11 12 14 15 16 17 18 19 20 21

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *