चौदण्डीगढीबाट लागुऔषध र सालकको अखेटोपहारसहित दुई जना पक्राउ


उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–३ आम्सालबाट प्रतिबन्धित लागुऔषध, मोटरसाइकल र संरक्षित वन्यजन्तु सालकको अखेटोपहारजस्तो देखिने वस्तुसहित दुई जना पक्राउ परेका छन ।

इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा बुधबार दिउँसो पक्राउ गरिएको हो । उनीहरू सावन राईको घरमा खानतलासी गर्दा ट्रामाडोलका १ हजार ४ सय ५४ क्याप्सुल र ट्रामाडोल एन्ड डाइसाइक्लोमिनका १ हजार ४ सय ५४ ट्याब्लेट बरामद गरेको हो ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा चौदण्डीगढी–३ आम्सालका २६ वर्षीय सावन राई र चौदण्डीगढी–६ का २७ वर्षीय शुभ राईलाई पक्राउ गरेको जनाएको छ । उनीहरूको साथबाट एक थान मोटरसाइकल र सालकको अखेटोपहारजस्तो देखिने एक थान वस्तु समेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box