जमापाद्वारा उदयपुर–१ का स्वतन्त्र उम्मेदवार डाक्टर कल्याण रोकालाई समर्थन (बिज्ञप्ती सहित)

उदयपुर । जय मातृभूमि पार्टीले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत उदयपुर क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार डाक्टर कल्याण रोका (देवराज) लाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टीले जारी गरेको एक विज्ञप्तीमार्फत प्रत्यक्षतर्फ आफ्ना कुनै पनि उम्मेदवार नउठाई डा. रोकालाई समर्थन गरिएको जनाएको छ ।

पार्टी अध्यक्ष तथा पूर्व मेजर जनरल (जर्साप) सुरेश कुमार कार्की नेतृत्वमा रहेको जय मातृभूमि पार्टी देशभक्त, राष्ट्रवादी नागरिक तथा पूर्व सुरक्षाकर्मीहरूको पहलमा पार्टी गठन भएको समेत विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीअनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ‘आमा’ चुनाव चिन्हमा मतदान गर्न र प्रत्यक्षतर्फ डाक्टर रोकालाई ‘मुढा’ चुनाव चिन्हमा मत दिन पार्टीले आह्वान गरेको छ ।

विज्ञप्तीमा उदयपुर क्षेत्र नम्बर १ का सम्पूर्ण मतदाता, आम नागरिक, पेशाकर्मी तथा पूर्व सुरक्षाकर्मीहरूलाई उक्त आह्वानमा साथ दिन अपिल गरेको छ । उक्त विज्ञप्तीमा पार्टी अध्यक्ष सुरेश कुमार कार्कीको हस्ताक्षर रहेको छ ।

बिज्ञप्तीः

Facebook Comments