उदयपुर–१ मा स्वतन्त्र उम्मेदवार डाक्टर कल्यान रोका अन्य उम्मेदवारहरूका लागि चुनौती बन्दै

उदयपुर । उदयपुर क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार डाक्टर कल्याण रोका (देवराज) प्रमुख दलका उम्मेदवारहरूका लागि चुनौती बन्दै गएका छन् । पछिल्लो समय उनको चुनावी अभियान तीव्र रूपमा अघि बढिरहेको छ ।

अभियानअन्तर्गत डाक्टर रोकाले मतदाता तथा आफन्तहरूसँग भेटघाट, अन्तरक्रियालाई तीव्र पारेका छन् भने विभिन्न विशिष्ट व्यक्तिहरूसँग समेत निरन्तर भेटघाटलाई तिब्र पारिरहेका छन् ।

आगामी दिनहरूमा विभिन्न स्थानमा भेला तथा आमसभा आयोजना गर्ने र राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सहभागितामा सांगीतिक कार्यक्रममार्फत चुनावी अभियानलाई अझ प्रभावकारी बनाउने तयारी रहेको डाक्टर रोका बताउछन् ।

मुख्यगरि उनको प्रतिस्पर्धीहरु नेकपा एमालेबाट दुर्गाकुमार थापा, नेपाली कांग्रेसबाट विदुर बस्नेत, नेपाली कम्युनिस्ट पार्टीबाट बलदेव चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पारसमणी गेलाल प्रतिस्पर्धामा छन् ।

अन्य दलका उम्मेदवारहरूमा राप्रपाबाट सुवासचन्द्र खड्का, जनता समाजवादी पार्टीबाट गणेशकुमार राई, श्रम संस्कृति पार्टीबाट राजेशकुमार राई, नेपाल मजदुर किसान पार्टीबाट विष्णुबहादुर खत्री, आम जनता पार्टीबाट मनोजकुमार पौडेल र नेकपा (माओवादी)बाट अमृतबहादुर खत्री रहेका छन् । मङ्गोल नेशनल अर्गनाइजेसनबाट बद्री विक्रम राई पनि उम्मेदवार बनेका छन् ।

यसैगरी यस क्षेत्रबाट मात्र उम्मेदवारी दिएका दलहरूमा नेपाल जनमुक्ति पार्टीबाट गोकर्ण राई, नागरिक सर्वोच्चता पार्टी नेपालबाट प्रशान्तकुमार राई, संयुक्त नागरिक पार्टीबाट सुरेश राई, नेपाली जनता दलबाट कुशेश्वर चौधरी, राष्ट्रिय जनमोर्चाबाट लिलकुमार राई तथा उज्यालो नेपाल पार्टीबाट अर्जुन तामाङ रहेका छन् । तर, उनलाई कतिपयले एमालेको बागी उम्मेदवारको रुपमा अथ्र्याउने गरेका छन् । उनको चुनाव चिन्ह मुढा रहेको छ ।

Facebook Comments