नेपाल बाल संगठनको ९ औं जिल्ला सभा सम्पन्न

उदयपुर । नेपाल बाल संगठन जिल्ला कार्य समिति, उदयपुरले आफ्नो ९ औं जिल्ला सभा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम शनिबार त्रियुगा नगरपालिका–११, गाईघाटस्थित रत्ना रिसोर्टको सभा हलमा सम्पन्न भएको हो ।

कार्यक्रममा संगठनले गत वर्ष गरेका गतिविधिहरुको समीक्षा, वित्तीय प्रतिवेदन प्रस्तुत गरिएको संस्थाका अध्यक्ष भुवन दाहालले बताए । अध्यक्ष दाहालका अनुसार बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षण, प्रतिभा विकास र नेतृत्व अभिवृद्धिका विषयमा विस्तृत छलफल भएको थियो ।

बाल अधिकार र सुरक्षणका सवालमा नेपाल बाल संगठन निरन्तर क्रियाशील रहेको भन्दै कार्यक्रममा बालमैत्री समाज निर्माणका लागि सबै पक्षले सहयोग गर्नुपर्ने निष्कर्ष निकालिएको छ । जिल्ला सभा कार्यक्रममा प्रदेश सभाका उपसभामुख सिर्जना दनुवार, त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राई, विभिन्न संघसंस्थाका प्रतिनिधि, विभिन्न विद्यालयका प्रतिनिधि, बाल क्लबका सदस्य, लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । सभाले नयाँ कार्यसमिति समेत चयन गर्ने छन् ।

Facebook Comments