



बेलका । उदयपुरको बेलका नगरपालिकाका एक प्रधानाध्यापकमाथी नाबालिका जबरजस्ती करणी गरेको आरोप लागेको छ । इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाका अनुसार आरोपितलाई पक्राउ गरी थप अनुसन्धान समेत थालिएको छ ।
कार्यालयले जनाएअनुसार पक्राउ पर्नेमा बेलका नगरपालिका–२ स्थित हिमशिखर सामुदायिक इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक ४७ वर्षीय युवराज श्रेष्ठ रहेका छन् । उनलाई सोही विद्यालयमा अध्ययनरत १४ वर्षीया छात्रामाथि जबरजस्ती करणी गरेको आरोप छ ।
घटना गत शुक्रवार बिहान करिब १०:४५ बजे विद्यालयको कार्यालय कोठामा भएको प्रहरीले बताएको छ । प्रधानाध्यापक श्रष्ठमाथी पीडित बालिकाकी भाउजूले आईतबार इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा जाहेरी दर्ता गराएकी थिइन् ।
जाहेरीको आधारमा प्रहरीले आरोपी श्रेष्ठलाई तत्काल नियन्त्रणमा लिई हिरासतमा राखेको छ । हाल उनीमाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।