खोटाङमा किशोरीमाथि सामूहिक बलात्कार

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा १४ वर्षीया बालिका सामूहिक बलात्कारमा परेकी छन् । विद्यालयबाट घर फर्कने क्रममा आफ्नै विद्यालयका दुई किशोरले उनलाई जंगलतर्फ लगेको आरोप छ ।

घटनापछि घर नपुगेकी बालिकालाई भोलिपल्ट आफन्तहरूले जंगलको ओढार नजिकै फेला पारेका थिए । जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रका अनुसार पीडित पक्षले साउन २१ गते किटानी जाहेरी दर्ता गराएको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न भनिएका १५–१६ वर्ष उमेरका दुवै जना हाल फरार छन् । पीडितको स्वास्थ्य परीक्षण सम्पन्न गरी उनलाई परिवारको जिम्मा लगाइएको छ ।

भिडियोः

Facebook Comments