



उदयपुर । सप्तकोसी नदीमा आइतबार मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । धनकुटा, उदयपुर र भोजपुरको संगमस्थल त्रिवेणीमा दिउँसो करिब २ बजे भोजपुरबाट बराहक्षेत्रतर्फ आउँदै गरेको मोटरबोट दुर्घटनामा परेको हो ।
सशस्त्र प्रहरी बल नेपालका अनुसार दुर्घटनाका बेला मोटरबोटमा १४ जना सवार थिए । दुर्घटनापछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरीको विशेष टोली परिचालन गरिएको छ ।
नं. १ बाहिनीबाट पाँच जना गोताखोरसहित नौ जना, सुरक्षा बेस रामपुरबाट दुई जना डिएमसहित छ जना तथा विपद् व्यवस्थापन बेस चतराबाट पाँच जना डिएमसहित नौ जनाको टोली घटनास्थलमा खटिएको छ । दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box