



उदयपुर । त्रियुगा नगरपालिका–११ संगम टोलमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
शुक्रबार राति करिब ८ः५० बजे इनार चोकबाट पिपलचोकतर्फ जाँदै गरेको प्र.३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले स्थानीय करिब ५२ वर्षीय रामबहादुर कार्कीलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते कार्कीलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो ।
उपचारका क्रममा राति ९ः१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मृतकको शव जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।
दुर्घटनामा संलग्न स्कुटर चालक त्रियुगा नगरपालिका–११ ढिम्कीका करिब २३ वर्षीय दिलिप केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box