



नयन राई
त्रियुगा । उदयपुरको त्रियुगा नगरपालिका–११ गाईघाट बजारबाट ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित एक युवक पक्राउ परेका छन । उनलाई गाईघाट बजारस्थित बाबारानी मार्गबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई आइतबार दिउँसो (१ः४५ बजे) विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ५ गण हे.क्वा. त्रियुगा उदयपुरबाट खटिएको मोबाइल गस्ती टोलीले शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१२ इन्द्रेणी टोल बस्ने ३१ वर्षीय महेन्द्र कार्की रहेका छन् ।
सशस्त्र प्रहरी सहायक निरीक्षक अम्बरबहादुर जोगीको कमाण्डमा खटिएको १० जनाको टोलीले कार्कीको साथबाट ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ अन्दाजी १.३३ ग्राम अर्थात् ६ पोका बरामद गरेको जनाएको छ । त्यस्तै, उनको साथबाट स्यामसङ कम्पनीको ग्यालेक्सी ए–०७ मोबाइल १ थान र किप्याड मोबाइल १ थान गरी जम्मा दुई थान मोबाइल, नगद २ हजार रुपैयाँ तथा एस–१०–पी–५८८५ नम्बरको यामाहा स्कुटर बरामद गरिएको छ ।
पक्राउ परेका कार्कीलाई बरामद सामग्रीसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
