



उदयपुर । उदयपुरको कटारी नगरपालिका–६ बाँकेटार शान्तीवनबाट प्रहरीले १ हजार १ सय २२ किलो ६७० ग्राम प्रतिबन्धित लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान करिब ४ बजे शान्तीवन जंगलमा खोजतलास गर्ने क्रममा ५२ बोरामा लुकाइछिपाइ राखिएको गाँजा बरामद गरेको हो । प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको बा १६ च ५२६९ नम्बरको बोलेरो गाडी समेत नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–१ डाँडागाउँका करिब ५५ वर्षीय रामबहादुर मगर, २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगर रहेका छन् । उनीहरूलाई गाँजा र बोलेरोसहित इलाका प्रहरी कार्यालय कटारीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box