



उदयपुर । उदयपुरमा पौडी खेल्ने क्रममा एक बालिका बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा चौदण्डीगढी नगरपालिका–९ हडिया निवासी १२ वर्षीया गृष्मा कार्की रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीका अनुसार उनी त्रियुगा नगरपालिका–३ मोतिगडास्थित क्याम्पसडाँडामा रहेको जोरपोखरी सामुदायिक वनले निर्माण गरेको पोखरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएकी हुन् । गृष्मा माउलीघर आएकी बेला अन्य बालबालिकासँग पौडी खेल्न गएकी थिइन् ।
घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासीको संयुक्त टोलीले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । अहिले साँझको समयपनि बालिकाको खोजी कार्य निरन्तर जारी रहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box