प्रेस सेन्टर नेपाल उदयपुरद्वारा अस्पतालमा फलफुल वितरण

उदयपुर । प्रेस सेन्टर नेपाल उदयपुरले आफ्नो २१ औं स्थापना दिवसको अवसर पारेर फलफुल वितरण गरेको छ । फलफुल वितरण जिल्ला अस्पताल कार्यालय बोक्सेमा वितरण गरिएको हो ।
फलफुल अस्पतालमा रहेको ४१ जना बिरामीहरूलाई वितरण गरिएको प्रेस सेन्टर नेपाल उदयपुरका अध्यक्ष अभि लामिछानेले बताए । अध्यक्ष लामिछानेका अनुसार विगतभन्दा फरक कार्यक्रम गर्ने उद्देश्यले फलफुल वितरण गरिएको हो ।
कार्यक्रममा उदयपुरका संस्थापक अध्यक्ष एवं केन्द्रीय सदस्य हरिकुमार राई, अस्पताल प्रशासनका प्रतिनिधि, केन्द्रीय सदस्य यदु ढकाल, यमन दनुवार, प्रदेश कमिटी पूर्व सचिव गजेन्द्र राई, बिदुर कटवाल लगायत जिल्ला कमिटीको बाक्लो उपस्थिति रहेको थियो । 
Facebook Comments