



नयन राई
उदयपुर । उदयपुरमा म्हिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एच.पि.भी. खोप अभियान सन्चालन हुने भएको छ । मंगलबार पत्रकार तथा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गर्दै सो अभियान माघ २२ देखि फागुण २ सम्म सन्चालन हुने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
खोप विद्यालयमा अध्यानरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिरका १० देखि १४ बर्ष उमेर समुहका किशोरीहरुलाई दिईने स्वास्थ्य कार्यालय उदयपुरका खोप समन्वय अधिकृत चिरञ्जीवी निरौलाले बताए । अधिकृत निरौलाका अनुसार २ सय ८३ विद्यालय, ३ सय ९३ स्वास्थ्य संस्था, २१ समुदायमा खोप केन्द्र रहने छ ।
जसको लागि ४ सय ३ जना स्वास्थ्यकर्मी र ७ सय ९९ जना स्वयम् सेवकलाई परिचान गरिने छ । जसमा कक्षा ६ का ३ हजुर ६ सय ९ जना, कक्षा ७ देखि १० सम्मा १३ हजुर ४६ जना, विद्यालय बाहिरको २ सय २ र विद्यालय बाहिर रहेको ३ हजुर २ सय ६५ जना लक्षित किशोरीहरु खोप केन्द्रमा सहभागि हुने अनुमान गरिएको छ ।