प्रेस सेन्टर नेपाल उदयपुरको नयाँ नेतृत्वमा अभिमनु लामिछाने

उदयपुर । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल उदयपुरको नयाँ नेतृत्वमा अभिमनु लामिछाने चयन भएका छन् । उदयपुरको सदरमुकाम गाईघाटमा बुधबार सम्पन्न ५ औं जिल्ला अधिबेशनले लामिछानेलाई अध्यक्ष पदमा चयन गरेका हुन् । सम्मेलनले उनको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको निवर्तमान अध्यक्ष शुपराज राईले बताए ।

निवर्तमान अध्यक्ष राईका अनुसार उपाध्यक्षमा गोपाल कृति र रूपा चाम्लिङ चयन भएका छन् । समितिको सचिव पदमा दिनेश चाम्लिङ चयन भएका छन् । त्यसैगरी सहसचिव पदमा विक्रम राई र भावना राई चयन भएका छन् । यसैगरी समितिको कोषाध्यक्ष पदमा युवराज कार्की (सन्तोष) चयन भएका छन् ।

यसैगरी समितिको सदस्यहरूमा चेवन राई, सुनिल राई, नयनराज राई, आकाश बलम्पाकी मगर, भुवन कार्की, विजय राई, सबिना कार्की, ज्ञानदिल थुलुङ, विजय राई र बिन्द्र राई चयन भएका छन् । अधिवेशनले प्रदेश प्रतिनिधिमा राजेन्द्र दुष्ट, राकेश नेपाली, होमबहादुर बस्नेतलाई चयन गरेका छन् भने केन्द्रीय प्रतिनिधिमा गजेन्द्र राई र बिदुर कटवाललाई चयन गरेका छन् ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) र राष्ट्रिय दलित पत्रकार सङ्घ प्रदेश नम्बर १ को गत अधिवेशनबाट निर्वाचित सदस्यहरूलाई दोसल्ला र प्रशंसा पत्रले सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरूमा फोनिज प्रदेश इन्चार्ज राजेन्द्र दुष्ट र दलित पत्रकार सङ्घ प्रदेश नम्बर १ का सचिव राकेश नेपाली रहेका छन् । सम्मानित हुनेमै फोनिज उदयपुर जिल्ला कमिटी सचिव विक्रम राई सहसचिव विजय राई सदस्यहरू चेवन राई भावना राई र नयनराज राई समेत रहेका छन् ।

अधिवेशन नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य मोहन बहादुर खत्री (दिपक)को उपस्थितिमा सम्पम हेश्वरको हो । कार्यक्रममा माओवादी प्रदेश कमिटी सदस्य द्रोन पौडेल (निरज), सेन्टरका केन्द्रीय सदस्यहरु हरि कुमार राई महेश्वर चाम्लिङ, भोजराज राई, यमन दनुवार समेतको उपस्थिति रहेको थियो । सम्मेलनमा प्रदेश नम्बर १ का उपाध्यक्ष राजन समीप, सचिव गजेन्द्र राई र विदुर कटवाल लगायत अतिथिहरूको उपस्थिति रहेको थियो ।

Facebook Comments