



उदयपुर । किरात सम्वद यलदोङ ५०८५ को अवसर पारेर उदयपुरमा मुन्दुमी सांस्कृतिक साँझ सम्पन्न भएको छ । किरात राई कलाकार संघको उदयपुरको आयोजना र व्यवस्थापनमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा संघका केन्द्रीय कलाकार र स्थानीय कलाकारहरुले आ-आफ्नो प्रस्तुति राखेका थिए । जसमा कलाकारहरु जितेन राई, पार्वती राई, भिषण मुकारुङ राई, राजु एन राई, राई नवीन, सुशीला राई, मेनुका राई, पदम थुलुङ, सुरज मेवाहाङ, मुकेश राई, डि.वि. राई, खुसेनिछो चाम्लिङ राई, निश्चल राई, जेनि खालिङ राई, जानुका राई लगायतका कलाकारहरुले आफ्नो प्रस्तुति राखेका थिए ।
कार्यक्रममा शालिक शातासक राई लगायत कलाकारहरुले मुन्दुमी र मानवीय सभ्यता सम्बन्धि सांगीतिक प्रस्तुति समेत राखेका थिए । कार्यक्रम सांस्कृतिक कोष स्थापनार्थको लागि गरिएको हो । कार्यक्रम होटल द इम्पायर इन मोतिगडामा भएको थियो ।
Facebook Comments