उदयपुरमा जसपा र नेकपाको सहयोग माओवादी केन्द्रको उम्मेदवारहरुलाई (विज्ञप्ती सहित)

उदयपुर । आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनको लागि उदयपुरमा दुई राजनीतिक दलले माओवादी केन्द्रका उम्मेदवारलाई साझा उम्मेदवारको रूपमा प्रस्तुत गर्ने भएको छ । प्रस्तुत गर्ने दलहरूमा जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) रहेको छ ।

माओवादी केन्द्र, जसपा र नेकपाले शुक्रबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै त्रियुगा नगरपालिका र बेलका नगरपालिकाका उम्मेदवारलाई साझा उम्मेदवारका रूपमा प्रस्तुत गर्ने उल्लेख गरिएको छ । विज्ञप्तिमा माओवादी केन्द्रका त्रियुगा नगर अध्यक्ष मानबहादुर राई, जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष ओसन घिमिरे र नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह)का त्रियुगा नगर सेक्रेटरी विमल सीको हस्ताक्षर रहेको छ ।

विज्ञप्तिमा माओवादी केन्द्रका त्रियुगा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष पदका उम्मेदवार नविन कुमार वान्तवा राई र बेलका नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष पदका उम्मेदवार भरत घिमिरेलाई साझा उम्मेदवारको रूपमा प्रस्तुत गरिएको छ । सो उम्मेदवारहरुलाई निर्वाचनमा मतदान गर्न सम्पूर्ण मतदाताहरूसँग अपिल समेत गरिएको छ ।

Facebook Comments