उदयपुरको रौतामाई ६ लाई बालमैत्री वडा घोषणा

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका वडा नंम्बर ६ लाई बालमैत्री वडा घोषणा गरिएको छ । वडा कार्यालय परिसर चिसापानीमा आयोजित एक कार्यक्रमकाविच कोशी प्रदेश सरकारका पूर्व वन तथा पर्यटन मन्त्री एंवम प्रदेश सभा सदस्य नारायण बुर्जा मगर र रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्रकुमार मगरले लालिगुँरासको विरुवा रोपेर बालमैत्री वडा घोषणा गरेका हुन् । नेपाल सरकारले तय गरेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७९ले तोकेका ५१ सूचक पुरा गरेसँगै वडानं ६ लाई बालमैत्री वडा घोषणा गरिएको वडाध्यक्ष पृथ्वीकुमार राईले बताए । वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोग तथा जाल्पा एकिकृत विकास समाज उदयपुर र हुरण्डेक उदयपुरको सहजीकरणमा वडालाई बालमैत्री वडा घोषणा गरिएको उनले बताए ।

कार्यक्रममा बोल्दै पुर्वमन्त्री बुर्जामगरले रौतामाई गाउँपालिका पर्यटन, पूर्वाधारसंगै सामाजिक विकासमाले समेत अब्बल भएको बताए । उनले बालमैत्री वडा घोषणासंगै यसका सुचकहरुलाई निरन्तर अद्यावधिक गर्दै जानु पर्ने बताए । पर्यटन र पूर्वाधार क्षेत्रको विकासमा आफु दुई पटक प्रदेश सभा सदस्य भैरहदा रौतामाई गाउँपालिकालाई विशेष प्राथमिकतामा राखेर काम गर्दै आएको उनले सुनाए । गाउँपालिका अध्यक्ष आलेमगरले वालमैत्री वडा घोषणालाई व्यवहारिकरुपमै लागु गर्न सके मात्र यसले सार्थकता पाउने बताए । उनले भने, ‘हामीले त सुचकहरु पुरा गर्न सहयोग गर्दै आएका हौँ यसलाई निरन्तरता दिने वडानं ६ बासीकै हो, त्यसैले चुनौतीलाई पार गर्दै कार्यान्वयनमा ल्याउनुहोस ।

अध्यक्ष मगरले बालमैत्री वडा घोषणालाई उत्सवको रुपमा मनाउदै बालमैत्री व्यवहारहरु घोषणा गरिएको क्षेत्रमा संचालन गर्नु पर्नेमा जोड दिएका थिए । गाउँपालिका उपाध्यक्ष भुपिन्द्रबहादुर थापाले तन, मन र वचनले सबै लागि परे मात्र घोषण कार्यान्वयन सफल रहने बताए । उनले कार्यान्वयन चुनौतीपूर्ण भए पनि यसलाई निरन्तरता दिनका लागि गाउँपालिका लागि पर्ने बताए । कार्यक्रममा बिद्यालयका बालबालिकाहरुले सांस्कृतिक कार्यक्रम, बालविवाह सम्बन्धी सडक नाटक, स्थानीय भाषा र समुदाय अनुसारका संगिनी, साकेला नाँच प्रस्तुत गरेका थिए । कार्यक्रममा वडालाई बालमैत्री वडा घोषणा गर्नका लागि सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई सम्मान गरिएको थियो । यो सँगै बालमैत्री घोषणा हुनेमा उदयपुरको रौतामाई गापा ६ चौथो पर्दछ । यसअघि सोही पालिकाको केन्द्र रहेको वडानं २ भुट्टार, वडानं ४ पोखरी, वडानं ८ पुवाँरेलाई घोषणा गरिएको थियो ।

कार्यक्रममा रौतामाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लिलाराज श्रेष्ठ, वल्र्ड भिजनका जिल्ला संयोजक आनन्द खड्का, ताप्ली गाउँपालिका ३ वडाअध्यक्ष रंगमान तामाङ, लिम्चुङबुङ गाउँपालिका वडानम्बर ५ का अध्यक्ष कविचन्द्र राई, त्रियुगा नगरपालिका १५ का अध्यक्ष गणेश तिम्सिना, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरतबहादुर खड्का, जिल्ला समन्वय समितिका प्रतिनिधि दिपक पोखरेल, जाल्पा एकिकृत विकास समाजका उपाध्यक्ष केशव कार्की, हुरण्डेक उदयपुरका सदस्य केशव राई, शिक्षक प्रतिनिधि बलराम राई, विद्यार्थी विश्वधा राईले कार्यक्रम सफलताको शुभकाकना व्यक्त समेत गरेका थिए । रौतामाई ६ का वडाअध्यक्ष पृथ्वीबहादुर राईको अध्यक्षता, वडा सदस्य एकनाथ आचार्यको स्वागत मन्तब्यमा आयोजित कार्यक्रम वडासचिव भिमादेवी आचार्यले संचालन गरेकी थिईन् । कार्यक्रममा बालबलिकाहरुले विभिन्न सास्कृतिक प्रस्तुती, सडक नाटक, किराती समुदायले साकेला नाच समेत प्रस्तुत गरेका थिए ।

भिडियोः

Facebook Comments