उदयपुरमा पनि ६९ औं प्रहरी दिवस मनाइयो

त्रियुगा । बिगत जस्तो उदयपुरमा पनि ६९ औं प्रहरी दिवस मनाईएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा एक विशेष समारोहको आयोजना गरी दिवस मनाइएको हो । प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरेको थियो । प्रहरी दिवसको अवसरमा आयोजित खेलकुदको विजयी खेलाडीहररुलाई पुरस्कृत समेत गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतमा कार्यारत कर्मचारीहरु मध्ये अत्यन्तै अनुसाशित, इमान्दार, कर्तव्यनिष्ट र लगनशिल भई तोकिएको जिम्मेवारी रचनात्मक, सिर्जनसिल र व्यवसायिक तवरबाट सम्पन्न गरी उत्कृष्ट कार्य सम्पादन गर्ने जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन चापागाई लगायत एक दर्जनभन्दा बढी प्रहरी कर्मचारीहरुलाई नगद र कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रममा अम्मर प्रहरीका परिवारहरुलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

जिल्ला समन्वय समिति उदयपुर प्रमुख गौरबहादुर विश्वकर्माको प्रमुख अतिथ्यमा प्रहरी दिवस सम्पन्न भएको थियो । त्यसैगरि कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत, बेलका नगरपालिकाका मेयर अशोक कार्की, त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राई, उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष जित बहादुर खड्का, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक (एसपी) हरिहर नाथ योगी, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का लगायत बिभिन्न पार्टी र संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागित रहेको थियो ।

भिडियोः

Facebook Comments