छोरीको मृत्युपछि ज्वाँइ माथी कुटपिट, हालसम्म सम्धिनी सम्पर्क विहीन

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका ३ पिपलेबस्ती बस्ने २० बर्षिया निङ्मा यान्जी शेर्पा मृत अवस्थामा फेला परेको छ । उनि आईतबार साँझ झुण्डिएको अवस्थामा मृत फेला परेको हो ।

उनलाई कोठाभित्र सलमा झुण्डिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीले जनाएअनुसार श्रीमान क्षत्र भुजेलले झुन्डिएको अवस्थामा फेला परेको थियो ।

श्रीमतीलाई बचाउन सकिन्छ भन्ने उदेश्येले सलबाट निकालेर उनले खाटमा राखेको थियो । माइती पक्षले छोरीले आत्माहत्या नभएर हत्या भएको दावी गर्दै आएको छ । यस विषयलाई लिएर ज्वाई क्षत्र भुजेल र उनको आफन्तहरुलाई निर्घात हुनेगरी कुटपिट स्थानीयहरु बताउछन् ।

उनिहरुको अनुसार कुटपिट भएको २४ घण्टा बितिसक्दापनि क्षत्रको आमा सम्पर्क बिहिन भएको छ । अहिले शेर्पाको शब पोष्टमार्टमको लागि जिल्ला हस्पिटल उदयपुर ल्याउने काम भईरहेको छ ।

भिडियोः

Facebook Comments