कुभिण्डे । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १५ खाँबुको कुभिण्डेमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । बुधबार सम्पन्न प्रतियोगितामा भोजपुरको हतुवागढीले प्रथम स्थान हासिल गरेको छ ।
त्यसैगरी दोस्रो स्थान स्थानीय कुभिण्डेले हासिल गरेको छ । यसैगरी तेस्रो स्थान रौंतामाई गाउँपालिका ५ कालिमाटीले हासिल गरेको छ । विजय दशमी तथा दिपावली २०८१ को अवसरमा सो प्रतियोगिता भएको हो ।
स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ भएको प्रतियोगिताको प्रथम पुरस्कार ६६ हजार तीन सय ३३ रुपैया नगद, सिल्ड मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कार ३३ हजार तीन सय ३३ रुपैया नगद, सिल्ड मेडल र प्रमाणपत्र र तेस्रो पुरस्कार ११ हजार एक सय ११ रुपैया नगद, सिल्ड मेडल र प्रमाणपत्र रहेको थियो ।
प्रतियोगिता असोज २१ देखि २३ गतेसम्म सञ्चालन भएको आयोजक समितिका अध्यक्ष इन्द्रबहादुर मगरले बताए । अध्यक्ष मगरका अनुसार १० ओटा टिम सहभागी रहेको थियोे । प्रतियोगिता त्रियुगा नगरपालिका वडा नम्बर १५ खाँबुको संयोजन र स्थानीय जनकल्याण सामुदायिक बन उपभोक्ता समितिको आयोजनामा भएको हो । प्रतियोगिताको समापन वडाअध्यक्ष गणेश तिमिल्सिनाले गरेका थिए ।
भिडियो:
Facebook Comments