उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटस्थित बरुवा वसपार्क नजिक रहेको पोखरीमा डुवेर ७ बर्षिय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका वडा नम्बर ११ पुरानो गाईघाटमा डेरा लिई बस्ने बर्ष ७ को रिचेश राई रहेको छ ।
उनको मंगलबार बिहान पोखरीमा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साथीहरुसँग पौडि खेल्ने क्रममा उनको मृत्यु भएको हो । उनको त्रियुगा नगरपालिकाले खनेको पोखरी डुबेर मृत्यु भएको हो ।
पोखरी खनेको लामो वितिसक्दा पनि नगरपालिकाले कुनै किसिमको घेराबार गर्न सकेको थिएन । हाल दिनहु स्थानीयहरुको बालबालिकाहरु सो पोखरीमा पौडि खेल्दै आएको छ ।
भिडियोः
Facebook Comments