रौतामाई । उदयपुरको रौतामाई गाउँपालिकामा कार्यरत कर्मचारीहरूले सरकारी सवारी साधान दुरुपयोग गर्दै आएको पाईएको छ । सरकारी सवारी साधान दुरुपयोगको विषयलाई लिएर स्थानीय युवाहरुले छड्के अनुगमन समेत गर्न थालेका छन् ।
शुक्रबारदेखि जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ७ होक्सेबाट सरकारी सेतो नम्बर प्लेटको सवारी साधनमाथी छड्के अनुगमन गरिएको थियो । उनिहरुले शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै सरकारी सवारी साधान दुरुपयोग भए नभएको बारे अनुगमन गर्न थालिएको जानकारी गराएका छन् ।
विज्ञप्तीमा उल्लेख भएअनुसार छड्के अनुगमनको पहिलोदिन रौतामाई गाउँपालिकामा कार्यरत कर्मचारीहरु हिमाल दनुवार र कौशल कार्की फेला गरेका थिए । जारी विज्ञप्तीमा दनुवार र कार्की मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेको समेत उल्लेख छ ।
अनुगमनको क्रममा कर्मचारी दनुवारले अनुगमनमा संलग्न युवाहरुलाई लछारपछार गर्दै र कार्कीले अश्लिल शब्द र यौंन जन्य हाते संकेत प्रयोग गर्दै भागेको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा स्थानीय निकायका कर्मचारीहरूले इन्धन र सवारी मर्मत खर्चको नाममा लाखौँ रकमको दुरुपयोग गर्दै आएको समेत आरोप छ ।
स्थानीय युवाहरुले सरकारी सवारीको दुरुपयोगमा संलग्न कर्मचारीहरूलाई तत्काल कारवाहीको माग गर्दै, केही राजनीतिक दलको आडमा धम्कीदिने कर्मचारी र भ्रष्टाचारको विरोधमा निरन्तर संघर्ष गर्ने समेत विज्ञप्तीमा उल्लेख छ । जारी विज्ञप्तीमा एक दर्जनभन्दा बढी स्थानीय युवाहरुले हस्ताक्षर गरेका छन् ।
भिडियोः