उदयपुरमा एक नक्कली सिभिल ईन्जिनियर पक्राउ

त्रियुगा । जिल्ला प्रहरी कार्यालय उदयपुरले एक नक्कली सिभिल ईन्जिनियर पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको गडहिया गाउँपालिका वडा नम्बर ४ बस्ने बर्ष ३४ को जवराहिल मंसुरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

कार्यालयको अनुसार मंसुरीको साथबाट भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको नापी विभागको कागजात, नापी कार्यालय स्याङ्जाबाट जारी भएको स्थायी नियुक्ति पत्र बरामद भएको छ । त्यसैगरि उनकै साथबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट जारी कागजात र सडक विभाग बबरमहल काठमाण्डौबाट जारी भएको कागजातहरू समेत बरामद भएको छ ।

सो बरामद भएको कागजातहरू रौशन अधिकारीको नाममा रहेको प्रहरीले जनाएका छन् । उक्त कागजातमा अधिकारीको नाम र नागरिकता नम्बर उल्लेख छ । हाल मंसुरीले अधिकारीको नामको कागजात दुरुपयोग गरेर आफु छैठौ तहको सिभिल ईन्जिनियरको परिचय दिएर काम गर्दै आएको बुझिएको छ । हाल मंसुरीलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

भिडियोः

Facebook Comments